बेनी नगरपालिका १ मा ७ सय मत गनियोः मेयरमा सुरत केसीको अग्रता

म्याग्दी । बेनी नगरपालिका वडा नम्वर १ रत्नेचौरको ७ सय मतगणना भईसकेको छ । ७ सय मत गणना हुँदा मेयरमा नेकपा एमालेका सुरत केसीले ३२५ र गठवन्धनबाट नेपाली काँग्रेसका चिरञ्जीवी शर्माले २४६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपमेयरमा नेकपा एमालेका पशुपति शाहीले २०५ र गठवन्धनबाट नेकपा माओवादीका ज्योति लामिछानेले २५४ मत प्राप्त गर्नुभएको छ ।

वडा अध्यक्षमा नेकपा एमालेले २२३, नेपाली काँग्रेसले १८१ र नेकपा माओवादीले २२१ मत प्राप्त गरेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

७ सय मत गणना गर्दा एमालेका केसीले ७९ मतले अग्रता लिनुभएको छ । बेनपा १ रत्नेचौरमा १५ सय ८५ मत खसेको छ ।

You can share this post!

मालिका –२ मा एमालेको प्यानल विजयी पालिकामा बेग प्रसाद गर्वुजाको अग्रता

मंगलामा १ मा अध्यक्ष एकजित रोका सहित एमालेको प्यानल भारी मतका साथ बिजयी

Related posts