होम आइसोलेशन बसरेर उपचार गरेका संक्रमितको प्रजिअ अधिकारीको नेतृत्वमा अनुगमन

म्याग्दीमा होम आइसोलेशनमा बसेर उपचार गरिरहेका कोरोना संक्रमित हरुको अनुगमन गरीएको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा सदरमुकाम बेनी बजार भित्र बसेका ६ ठाउँका ११ जना संक्रमितहरुको अनुगम गरीएको हो । अनुगमनका क्रममा संक्रमितहरु कसरी बसीरहेको छन् । वस्ने कोठाको व्यवस्थापन कस्तो रहेको छ । खाने कुराहरु कसरी खानेगरीरहेको छन् । शौचालयको प्रयोग के कसरी गरीरहेका छन् । र कस्ता खालको समस्या आएको छ भन्ने विषयमा अनुगमन भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो ।


अनुगमनका क्रममा घरमा समस्या भएका र स्वाथ्यमा समस्या थपिएको पाईएका संक्रमितहरुलाई बेनी बजारको खुल्ला मञ्च नजिकै रहेको शैक्षिक तालिम केन्द्रको भवनमा निर्मीत आइसोलेशन कक्षमा सारीएको प्रजिअ अधिकारी सँगै अनुगनमा जानुभएका स्वाथ्यकार्यलय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताउनु । उहाँले स्वाथ्यमा समस्या देखिएका २ जना लाई उक्त आइसोलेशन कक्षमा सारीको पनि बताउनु भयो ।
कोभिड संक्रमण पच्चात संक्रमीतको इच्छा अनुसार जनस्वाथ्यको मापडण्ड पुग्ने गरी म्याग्दी पनि होम आइसोलेशन राख्ने व्यवस्थापन गरीएको छ । होम आइसोलेशनमा रहेका संक्रमीतहरु सँग स्वाथ्यकर्मीहरुले दैनिक फोन मार्फत स्वाथ्य अवस्थाका बारेमा जानकारी लिने गरीरहेका छन् । उनीहरुमा आयका सामान्य समस्याहरुको हल समेत गर्ने गरेको स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख लम्सालले बताउनु भयो । आइसोलेशनमा भन्दा होम आइसोलेशनमा राख्दा सामान्य लक्षण भएका वा लक्षण नदेखिए पनि कोरोना संक्रमण पुष्टि भएका संक्रमीतहरु थप सुरक्षीत हुने भएकाले सरकारले होम आइसोलेशनमा बस्न देश भरी अनुमति दिएको छ । अनुगमनमा प्रजिअ अधिकारी, स्वाथ्यकर्यालय म्याग्दीका प्रमुख लम्साल, म्याग्दी उवासंघ म्याग्दीका अध्यक्ष उत्तम कर्मचार्य, नेपाल रेडक्रश शाेसाइटी म्याग्दी शाखाका प्रतिनिधि सुरत केसी, नागरीक अगुवा दिपक पाैडेल लगाएका काे उपस्थिती रहेकाे थियाे ।

 

You can share this post!

भदौ २१ गते देखि हराएका खत्री रघुगंगा नदि किनारमा मृत अवस्थमा फेला

३ साता कै अवधिमा आशा देखाउँदै अर्थमन्त्री

Related posts