रुपन्देहीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

७ कात्तिक, बुटवल । रुपन्देहीमा एम्बुलेन्ससँग ठोक्किंदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मी स्थायी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडि बसेका सैनामैना–४ का ३५ वर्षीय निशान क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते थापा र क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता डीएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो  ।

पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा ठोक्किएका थिए ।

एम्बुलेन्स चालक गैडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घाइते भएका छन् । प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि उनलाई प्रहरी नियन्त्रणमा राखिएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता पाण्डेले जानकारी  दिनुभयो  ।

You can share this post!

टर्कीका राष्ट्रपतिद्वारा अमेरिकासहित १० मुलुकका राजदूतलाई देश निकाला गर्न आदेश

एमाले वडा सचिव बनेकी १९ वर्षीया झरना भन्छिन्– देश बनाउने नै अब युवा पुस्ताले हो

Related posts