२० औँ जेसिज कपः शारदा मावि र बेनी सामुदायिक सेमि फाइनलमा प्रवेश

म्याग्दी । म्याग्दीको बेनीमा जारी रहेको अन्तरमावि स्तरीय २० औँ जेजिस कप फुटबल प्रतियोगीता अन्तरगत शारदा मावि छिस्वाङ र बेनी सामुदायिक मावि बेनी सेमि फाइनलमा प्रवेश गरेका छन ।
विहिबार सम्पन्न भएको पहिलो क्वाटर फाइनलको खेलमा केवि एकेडेमी दरवाङलाई पेनाल्टी सुट आउटमा ३ का विरुद्ध ४ गोल गर्दै शारदा मावि र माउन्ट एभरेष्ट माविलाई ० का विरुद्ध १ गोल गर्दै बेनी सामुदायिक मावि सेमि फाइनलमा प्रवेश गरेका हुन ।

बेनी सामुदायिकका प्रदिप छिनालले पहिलो हापको सुरुवातमै गरेको गालेल नै जितका लागि निर्णायक गोल बनेको हो । उक्त खेलमा शारदा माविका देवेन्द्र पूर्जा र बेनी सामुदायिक माविका प्रजल बानियाँ उत्कृष्ट खेलाडी घोषित भएका छन ।

यसअघि भएको खेलमा शारदा माविले मंगला मावि बाबियाचौरलाई ० का विरुद्ध २ गोल गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो भने बेनी सामुदायिकले सरस्वति माविलाई ० का विरुद्ध ३ गोल गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो । शारदा माविका सिलन सिउथानीले दुवै गोल गर्न सफल हुनुभयो उत्कृष्ट खेलाडी पनि सिउथानी नै बन्नुभएको थियो । त्यस्तै बेनी सामुदायिकको तर्फबाट प्रदिप छिनाल, प्रजल बानियाँ र अनिष परियारले गोल गरेका थिए । उत्कृष्ट खेलाडी सामुदायिककै प्रजल बानियाँ घोषित हुनुभएको छ ।

त्यस्तै न्यु वेष्ट पोइन्ट आवासीय माविले जनप्रीय माविलाई ० का विरुद्ध ५ गोल गरि पराजित गरेको थियो भने बाल मन्दिर आधारभूतलाई ० का विरुद्ध ३ गोल गर्दै प्रकाश मावि विजयी भएको थियो । न्यू वेष्ट पोइन्टका सुनिल थापा, दिपेश पूर्जा, सुजल श्रेष्ठ, समन थापा र विज्ञान भण्डारीले गोल गरेका थिए । त्यस्तै प्रकाश माविका रिजन पुन, नविन परियार र पेन्नुरी शेर्पाले गोल गरेका थिए । खेलका वेष्ट पोइन्टका सनम थापा र प्रकाश माविका सविन राई म्यान अफ द म्याच भएका छन ।

दुवै विद्यालय क्वाटर फाइनलमा प्रवेश गरेका म्याग्दी जेसिजका शाखा सम्पादक तथा प्रवक्ता दिनेश कुमार विश्वकर्माले जानकारी दिनुभयो ।  क्वाटर फाइनलका तेस्रो खेल न्यु वेष्ट पोइन्ट र चन्द्रकुन्ता किसानी मावि धारापानी विच शुक्रबार विहान ८ बजे र चौथो खेल प्रकाश मावि र बेनी वोर्डिङ विच विहान ९ बजे संचालन हुने विश्वकर्माले बताउनुभयो ।

त्यसैगरि न्यु वेष्ट पोइन्ट र चन्द्रकुन्ता माविमा विजयी विद्यालय र शारदा मावि विच दिनको १ बजे सेमिफाइनलको खेल संचालन हुने छ भने प्रकाश मावि र बेनी वोर्डिङ विचको खेलमा विजयी हुने विद्यालय र बेनी सामुदायिक मावि विच दिनको २ः३० बजे अर्को सेमि फाइनलको खेल संचालन गरिने प्रतियोगिताका मुल संयोजक दिनेश बानियाँले बताउनुभयो । प्रतियोगिताको फाइनल खेल शनिवार संचालन हुने भएको छ ।

You can share this post!

२० औँ जेसिज कप फुटबल सुरुः पहिलो दिन ६ खेल सम्पन्न

पुष २८ देखि बेनीमा सातौँ म्याग्दी महोत्सव आयोजना हुने

Related posts