जोखिममा बेनी अस्पताल ‘अतिआवश्यक नपरी नआउनुहोला’

म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा रहेको एक मात्रै सरकारी अस्पताल बेनी अस्पातालमा ओपिडि कक्षमा उपचारका लागि पुगेका बिरामीमा कोरोना भाइरसर पुष्टि भए सँगै बेनी अस्पताल नै जोखिममा परेको छ । गत २६ गते बेनी अस्पतालमा उपचारका लागि आएका रघुगंगा हाईड्रोपावरमा काम गर्ने एक कर्मचारी र जलजला गाउँपालिका–३ बस्ने बेनीको एक सहकारीका प्रबन्धक ओपिडी कक्षमा उपचारका लागि पुगेका थिए । उनिहरुको स्वाब संकलन गरेर पोखरामा रिपोर्ट चेक जाँचका लागि पाठाईएकोमा कोरोना पोजेटिभ देखिए सँगै बेनी अस्पताल पनि जोखिममा परेको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष बेलबहादुर कटुवालले बताउनु भयो ।
उहाँले विरामी सँग सिधा सम्पर्क भएका स्वाथ्यकर्मीहरुलाई होम क्वारेन्टाइनमा राखेर सम्पर्क नभएका स्वाथ्यकर्मीहरु मार्फत अस्पताललको सेवा सञ्चालन गरिरहेकाे बताउँदै अति आवश्यक नपर्दासम्म केही दिनका लागि अस्पताल नआइदिनु हुन सम्पूर्ण सेवाग्राहीहरुलाई अनुरोध गर्नु भएकाे छ ।
संक्रमित सहकारीका प्रबन्धक जलजला गाउँपालिका अध्यक्ष लाई कोरोना पुष्टि भए लगत्तै आफैले अध्यक्ष सँग आफु सम्पर्कमा रहेको बताउँदै जिल्ला बासीका सुरक्षाका निम्ती होम क्वारेन्टाइनमा बसेका थिए । हाइड्रोपावरका कर्मचारी भने हाइड्रो पावरको नै क्वारेन्टाइनमा बसेको थिए । उनिहरुमा सामान्य लक्ष्यण देखिएर उपचारका लागि आएको बेलामा स्वाथ्यकर्मीहरु लाई पनि कोरोना संक्रमण भएको हुन सक्ने बताउँदै सिधा सम्पर्कमा भएका स्वाथ्यकर्मीलाई क्वारेन्टाइनमा राखेर अस्पताल सञ्चालन गरिरहेकाे कटुवालले बताउनु भयो ।
अस्पतालमा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढेकाले आवश्यकता परेमा मात्रै अस्पतालमा उपचारमा लागि आउन चिकित्सकलले समेत अनुरोध गरेका छन् । यता स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले समुदायलाइ कोरोना संक्रमण बाट सुरक्षित बनाउनका लागि बाहिरी जिल्ला बाट आउने ब्यक्तिहरु होम क्वारेन्टाइन बस्नु पर्ने र जिल्ला भित्र पनि जनस्वाथ्य मापण्ड अपनाएर काम कार्वाही सञ्चालन गर्न सबैलाइ अनुराेध गर्नु भएकाे छ ।
समुदायमा कोरोना संक्रमण को जोखि बढे संगै होम क्वारेन्टाइनको कार्यान्वयनलाई टोलटोलमा स्वएमं्सेवक हरु निमार्ण गरि आफ्नो टोल आफै बचाउ कार्याक्रम सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो ।

You can share this post!

म्याग्दीमा कार्यरत प्रनाउ कुँवरलाई उत्कृष्ट प्रहरी कार्य पुरस्कार

टोल वा गाउँमा नयाँ मान्छे आए सात दिन क्वारेन्टाइन राख्न सरकारको अनुरोध

Related posts