बेनपा ७ र ८ मा एमाले उम्मेदवारको घरदैलो (तस्विर सहित)

म्याग्दी । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको प्रचार अभियान अन्तर्गत नेकपा एमालेले मंगलबार बेनी नगरपालिका वडा नम्बर ७ र ८ मा घरदैलो गरि भोट मागेका छन ।

नगरपालिका मयेरका उम्मेदवार सुरत केसी, उपमेयरका उम्मेदवार पशुपति शाही, बेनी नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्षका उम्मेदवार उत्तम कुमार कर्माचार्य, वडा नम्वर ७ का अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार श्रेष्ठ सहित दुवै वडाका सदस्यका उम्मेदवारहरु घरदैलो अभियानमा निस्कनु भएको हो ।

बेनपा ८ को क्याम्पसचोक बाट सुरु गरिएको अभियानमार्फत शिक्षामार्ग, हस्पिटलचोक, कालीपुल, गणेशटोल, संगमचोक, बालमन्दिरचोक, आवारोड, न्युरोड, इन्द्रेणीटोल, शान्तिटोल देखि हुलाकचोक, बिरेन्द्रचोक, मंगलाघाट लगायतका सवै टोल तथा गल्लीहरुमा रहेका मतदाताहरुसंग भेट गरि भोट अपिल गरिएको छ ।

घरदैलो अभियानका क्रममा मेयर केसी, उपमेयर शाही र वडाका उम्मेदवारहरुलाई स्थानीयले फुलमाला तथा अविर लगाउँदै विजयीका लागि शुमकामना प्रकट गरेका छन । मतदाताहरुसंग मेयरका उम्मेदवार केसीले अहिले भोट माग्न मात्रै होइन भोट पछि हारजित जे भएपनि साह्रो गाह्रोमा साथ दिन आउने बताउनुभएको छ ।

घरदैलो अभियानमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा पनि सहभागी हुनुहुन्थ्यो । त्यस्तै बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईली, नेकपा एमाले वडा कमिटी, बेनी नगर कमिटी, अखिल नेपाल महिला संघ बेनी नगर कमिटी, युवा संघ, तथा शुभेच्छुकहरुले उम्मेदवारहरु सहित अभियानमा सहभागी भई मतदाताहरुसमक्ष भोट माग्नु भएको छ ।

एकिकृत समाजवादी निकट विद्याथी संगठन अनेरास्ववियूका जिल्ला अध्यक्ष बिज्ञानराज शर्मा पनि मेयरका उम्मेदवार केसीको प्रचारमा खटिरहनुभएको छ । बेनी बजारमा घरदैलोको क्रममा मतदाताहरुले अत्यन्तै सकरात्मक तरिकाले शुभेच्छा प्रकट गर्नुभएको बेनी नगरकमिटीका सचिव सुवास विश्वकर्माले बताउनुभएको छ ।

निर्वाचन आयोगले आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने र आचारसंहिता लागु हुने सूचना प्रकाशन गरेको छ । बेनीका १० वटै वडामा नेकपा एमालेका उम्मेदवारहरु आज अन्तिम दिन घरदैलो अभियान गरि मतदाता भेटघाटमा व्यस्त बनेका नगर कमिटीले जनाएको छ ।

You can share this post!

म्याग्दीका मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिन थाले

जलजलमा गठबन्धन सँग भिड्दै एमालेः कार्यकर्ताहरु उत्साहित

Related posts