घतानबाट गठवन्धनको चुनावी सभा सुरु

बेनी । म्याग्दीका राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले चुनाव प्रचार टोली लिएर गाउँ केन्द्रित चुनावी सभा गरेका छन् । चुनावी गीत र नारा घन्काउदै आमसभाका लागि चुनाव प्रचार टोली गाउँ पसेका छन । शुक्रबार वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजा ‘खम्बिर’ र प्रदेश सभा (१) का उम्मेदवार हरीबहादुर भण्डारीले बेनी नगरपालिका – ९, घतानको नेप्टेचौरबाट चुनावी प्रचार सुरु गर्नुभएको छ ।

गठबन्धनले बेनी नगरपालिका, ४ सिंगा,–६ अर्थुङ्गे, ५ पुलाचौरमा चुनावी प्रचार सभा गरेका छन् । गठबन्धनका शिर्ष नेताहरुको उपस्थित रहेको थियो । गठबन्धनतर्फका प्रदेश सभा (२) का उम्मेदवार रेशम जुग्जालीको टोलीले मंगला गाउँपालिका– ४ बरंजाको धापुङ र बुकुनीमा चुनावी सभा तथा कार्यकर्ता भेटघाट गरेका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका उम्मेदवार गर्बुजाले जिल्लाको विकास र परिवर्तनका लागि गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताउनुभयो । उहाँले आफुहरु विजयी भएमा मात्र जिल्लाको विकास र परिवर्तन सम्भव हुने जिकिर गर्नुभयो । जिल्लामा विकासलाई गति दिन र विकास मार्फत नागरिकको जिवनस्तरमा परिवर्तन ल्याउको निम्ति पनि आफुहरुले जित्न आवश्यक रहेको दावी गर्नुभयो ।

You can share this post!

पुलाचौर र कुहुँबाट एमालेको चुनावी अभियान सुरु, जिल्लाको विकासका लागि एमालेलाई भोट दिन नेताहरुको अपिल

एमाले जनताको पार्टी हो, हाम्रो तालमेल जनता संगै हुन्छः केन्द्रिय सदस्य थापा

Related posts