दुईहात जोड्दै जनताको दैलोदैलोमा सुरत केसी

म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट बेनी नगरपालिकाको मेयर पदका उम्मेदवार सुरत केसी यतिवेला बिहान सवेर्रै देखि बुलकी सम्म नै विभिन्न गाउँमा मतदाता भेटघाटका व्यस्त हुनुहुन्छ ।

नेकपा एमालेको लोगो भएको सेतो झोला भिरेर प्रत्यक मतदाताको घरघरमा पुगी दुवैहात जोडेर नमस्कार गर्दै भोट माग्दै गर्नु केसीको दैनिकी बनेको छ । उहाँ संगै उस्तै अभियानमा हुनुहुन्छ एमालेबाटै उपमेयरका उम्मेदवार पशुपति शाही । उहाँपनि मतदाताको दैलोमा पुगेर नमस्कार गरि भोटको अपिल गर्न सिपालु देखिनु भएको छ ।

शुक्रबार दिनभर बेनी नगरपालिका –४ सुर्केमेला, त्यस्तै बेनी नगरपालिका –६ को अर्थुङे् हुँदै अवेचौर सम्म मेयर ,उपमेर केसी र शाहीको समुहले घरदैलो गरि मतदाता संग भोटको अनुरोध गर्नुभएको छ ।


भान्सा कोठामा खाना पकाउँदै गरेकी आमा, गोठको धन्दामा रहेका बाबा, बारीमा मकै खन्दै गरेकी दिदी, मेसिनमा लुगा सिलाउन बसेका दाई, धारामा कपडा धुँदै गरेकी वहिनी, भविबल खेल्दै गरेका भाई, घरको पीडिमा आराम गरेर बसिरहेका हजुरबा, हजुरआमा, सवैको नजिकै पुगेर नमस्कार गर्दै सम्मानका साथ भोट मागीरहनुभएका केसीले मतदाताको मनबाट आशिर्वाद र सुभेच्छा बटुल्दै अभियानलाई अघि बढाईरहनुभएको छ ।

सादा जीवन र उच्च विचार भएका केसी परोपकारी मनले ओतप्रोत भएका एक होनाहार स्वयमसेवी हुनुहुन्छ । जनताको दुख देख्न नसक्ने, मानवीय गुणले सर्वसम्पन्न केसी संग क्षमता छ, योजना छ, ईच्छाशक्ति छ, वुद्धि, विवेक, भिजन र मिसन पनि छ । यस अघिनै प्रसस्त सामाजिक गतिविधिमा सक्रिय भएका कारण पनि नगरवासीहरुमा केसीको नाम लोकप्रीय छ ।

पहिलो स्थानीय तह निर्वाचनको ५ बर्ष पछि बैशाख ३० मा फेरी अर्को ५ बर्षका लागि स्थानीय तहको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचनको दिन आउँन केहि दिन मात्रै बाँकी छ । जिल्लामा चुनावी माहोल उत्कर्षमा पुगेको छ । सवै दलहरुले चुनावमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि कसरत गरिरहेका छन ।

चुनावमा कसलाई जिताउने भन्ने सवैभन्दा ठुलो हात भने गाउँमा रहेका बुढापाका मतदाताहरुको रहेको छ । त्यसैले पनि यतिवेला पार्टीका नेता तथा कार्यकर्ताहरु गाउँका चुनावी अभियानमा निकै व्यस्त बनेका छन ।

You can share this post!

दलितलाई सम्मान र अवसर दिने पार्टी काँग्रेस होः सह–महामन्त्री परियार

पाँच खेलमा लगातार जित निकाल्दै टिपटप हेल्प नेपाल फाइनलमा

Related posts