लमसुङ माविमा शिक्षकको अभावः गुणस्तरीय शिक्षामा कमि

म्याग्दी । म्याग्दीको धौलागीरी गाउँपालिका वडा नं २ मा अबस्थित लमसुङ मावि त्यस वडाको एक मात्र मावि बिद्यालय हो । करिव ९० प्रतिशत दलित समुदायका बिद्यार्थी अध्ययन गर्ने सो बिद्यालयमा शिक्षकहरु पर्याप्त छैनन ।

बिषयगत शिक्षकहरुको अभाव रहेको छ । गणित बिषयको शिक्षक नहुँदा बिज्ञान बिषयको शिक्षकले नै गणित बिषय पनि पढाउदै आउनुभएको छ । प्राविका शिक्षकले माविमा अध्ययन गराइरहेका छन । जसले गर्दा शैक्षिक गुणस्तरमा कमि आएको छ । हाल निजी स्रोतमा मावि तहका दुई शिक्षकहरु अध्यापनरत छन । निजि स्रोतमा रहेका शिक्षकहरुलाई तलव खुवाउन पनि गाह्रो भएको छ ।

बिदेशबाट फर्किएकाहरु बाट चन्दा संकलन र देउसी भैलो खेलेर बिद्यालयको निजी स्रोत जुटाउने गरिएको नि.प्रधानाध्यापक बिमला बुढाले बताउनुभयो । पालिकाले १ माबि तहको शिक्षक ब्यबस्थापन गरिदिएपछि केही राहत मिलेको वुढाले बताउनुभयो ।

यसबाहेक बिद्यालयमा खेलकुद मैदानको समस्या छ । बालबिकास संचालन गर्ने कक्षा कोठाको अभाव छ । जिर्ण रहेको पुरानो भवनमा ७ वटा कोठा रहेका छन त्यसैमा नै बिद्यार्थीहरुले अध्ययन गरिरहेका छन । २०७६ मा राष्ट्रिय पुन निर्माण प्राधिकरणले ७० लाख ४० हजारमा ४ कोठे दुइतले भवन निर्माण गरि दिएको छ । जसमा १ कोठामा अफिस संचालन गरिएको र बाँकी ३ कोठामा माविको कक्षा संचालन गरिएको प्रअले जानकारी दिनुभयो ।

पाँच बर्ष अघि संगम म्याग्दीले १९ लाख बजेटमा २ कोठे भवन निर्माण गरेको थियो । हाल त्यस कोठामा बिज्ञान प्रयोगशाला संचालन गरिएको छ । २०७७ मा १५ लाख लगानी गरि राष्ट्रिय पुननिर्माण प्राधिकरणले नै ३ कोठे शौचालय निर्माण गरिदिएको बिद्यालय ब्यबस्थापन समितिका सदस्य ज्ञान बहादुर पाइजाले जानकारी दिनुभयो । यस अघि बिद्यालयमा शौचालयको पनि समस्या थियो । लमसुङ माविमा लुलाङ, लमसुङ, खोरिया लगाएत गाउँका १७० जना बिद्यार्थीले अध्ययन गरिरहेका छन ।

You can share this post!

मंगला गाउँपालिका अध्यक्ष रोकालाई मातृशोक

जेसीजको महाधिवेशन पोखरामा पुष १ गतेदेखि ४ गतेसम्म, अध्यक्षमा ६ जना प्रतिष्पर्धी

Related posts