कीर्तिपुरमा एक जना व्यक्ति मृत भेटिए

१३ माघ, काठमाडौं। काठमाडौंका कीर्तिपुर नगरपालिकामा एक जना व्यक्ति मृत भेटिएका छन् ।

नगरपालिकाको एक कोठामा गएराति सुतेका रामेछापका ३६ वर्षीय शंकर खत्री मृत अवस्थामा भेटिएका हुन् ।

खाना खाएर सुतेका उनले बिहानसम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि हेर्ने क्रममा शव भेटिएको महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले अनलाइनखबरलाई बताए ।

प्रहरीका अनुसार कोठामा भित्रबाट चुकुल लगाइएको थियो । उनी नगरपालिकाको नयाँ भवनमा रंग लगाउने काम गर्दै आएका थिए ।

‘उहाँलाई अलिअलि ज्वरो रहेछ, के कारणले मृत्यु भयो भन्ने खुलेको छैन’ पोखरेल भन्छन्, ‘आफन्त आएपछि पोष्टमार्टमका लागि पठाउने तयारी छ, त्यतैबाट मृत्युको कारण खुल्ला ।’विस्तृत अनुसन्धान भइरहेको पाखरेलले बताए ।

माथि प्रयोग गरिएको तस्बिर फाईल तस्बिर हो ।

साभार अनलाईनखबर

You can share this post!

सर्वोच्चले भन्यो– अवकाश रकममा ५ प्रतिशत मात्रै कर लगाउनू, बढी लिएको भए फिर्ता गर्नू

करेन्ट लागेर गलकोटमा १ जनाको मुत्यु

Related posts