मालीकाको बिममा राष्ट्रिय युवा संघ वडा कमिटि गठन

राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको संगठन बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगत सोमबार म्याग्दीको मालीका गाउँपालीका ७ बिममा वडा कमिटि गठन गरिएको छ । नबगठित कमिटिको अध्यक्षमा सबिन पुन चयन हुनु भएको छ । उपाध्यक्ष राम प्रसाद जुग्जाली, सचिब तबिन पुन, कोषाध्यक्ष राम बहादुर पुन लगाएत ७२ सदस्यीय वडा कमिटि गठन गरिएको राष्ट्रिय युवा संघ नेपाल म्याग्दीका प्रचार प्रसार बिभाग प्रमुख बिमल रिजालले जानकारी दिनुभएको छ ।
त्यसैगरि राम गर्बुजाको संयाजकत्वमा युथफोर्स वडा कमिटि पनि गठन गरिएको छ । कमिटिको सह–संयोजकमा सुजन पुन, सचिबमा हिक कुमार जुग्जाली, र कोषाध्यक्षमा मिसन जुग्जाली चयन हुनु भएको छ । कार्यक्रममा बोल्दै नेकपा एमाले गण्डकी प्रदेशका कमिटिका सचिवालय सदस्य तथा पुर्ब सबिधान सभा सदस्य नबराज शर्माले पार्टि फुटका कारण बिचलित नहुन युवा तथा कार्यकर्ताहरुलाइ अनुरोध गर्दै ओली सरकारको पालामा देश सुरुङ्ग,रेल मार्गमा प्रवेश गरेको, भुकम्पबाट भत्कीएका धरहरा, रानिखोरी, विद्यालय भवन सकारी तथा निजि भवन तथा घरहरुको पुन निमार्ण तथा विकासको काम दुर्त गतिमा भएकाले एमाले जनतामाझ सधै लोकप्रीय नै रहेको बताउनु भयो । उहाँले सरकारले भुमि विहीन सुकुमबासीको समस्या समाधान गर्न ओलि सरकाले भुमि आयोग गठन गरेर कामको नतिजा दिने समय आएको बेलामा वर्तमान सरकारले भुमि समस्या समाधान आयोज खारेज गरेर भुमि बिहीन जनता, सुकुमबासीहरुको पेटमा लात हानेको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले मालीका गाउँपालीका अध्यक्ष बेग प्रसाद गर्बुजा, राष्ट्रिय युवा संघ मालीका गाउँपालीका संयाजक बिनय जुग्जाली लगाएतका नेताहरुको बिशेष उपस्थिति रहेको थियो ।

You can share this post!

दुधे खोलाका बाढी पिडितलाइ एमाले म्याग्दीद्धारा आर्थिक सहयोग

जनसन्देश अनलाइनको कार्यालय उद्घाटन

Related posts