मुनामा चुनावी सभाः एमालेमा जनलहर आएको थापाको भनाई

म्याग्दी । यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले धवलागिरीले उम्मेदवार सहितको प्रचार प्रसार लाई तिव्रता दिएको छ । शुक्रबार वडा नम्वर ३ फलियागाउँमा चुनावी सभा सम्पन्न भएको छ ।

सभालाई सम्वोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् महिला बालबालिका तथा जेष्ठ नागरिक पूर्व मन्त्री थममाया थापाले एमालेमा देशै भरि जनलहर छाएको बताउनुभएको छ । जनताको पार्टी भनेर्कै एमाले भएको उहाँले दावी गर्नुभयो ।

एमाले सरकारले गरेका सवै कामहरुबाट जनता सन्तुष्ट रहेको भन्दै यो देशको विकास, राष्ट्रियता र संविधानको रक्षा गर्ने पार्टी भएकै कारण जनताको बलियो साथ रहेको थापाले बताउनुभयो । स्थानीय तहको निर्वाचनमा देशैभर सत्तारुढ दलहरुले गठवन्धन गरेपनि एमालेकै पक्षमा बुहमत आउने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य दिनेश केसी, ईश्वर सुवेदी, पालिका कमिटी सचिव एवम् गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल लगायतले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा भोट गरि विजयी गराउन अनुरोध गर्नुभयो ।

नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार थमसरा पुनले आफु जनताको सेवक भएकाले मुनाबासीहरुको साथ, सहयोग र अमूल्य माया सहितको भोट प्राप्त हुने विश्वास गर्नुभयो ।
गाउँपालिकाका नि. अध्यक्ष समेत रहनुभएका पुनले विगतमा जस्तै अवको पाँच बर्ष पनि जनताको दुख, पीडा र समस्याहरुमा साथ दिएर बिताउने प्रतिवद्धता जनाउनुभएको छ ।

उहाँले विगत पाँच बर्षमा विकासको आधार तयार गरिएकाले अवको पाँच बर्षमा धवलागिरी समृद्ध बन्ने गरि योजना तयार गरिएको बताउनुभएको छ । साहसी महिला नेतृ पुनले आफु जस्तो सुकै परिस्थितिमा रहेर पनि जनताको भलाईका लागि डटेर काम गर्ने बताउनुभयो । त्यस्तै उपाध्यक्षका उम्मेदवार प्रगति कार्कीले सक्षम व्यक्ति उत्पादन गरि सभ्य समाज निर्माण गर्ने गतिविधिलाई प्राथमिकतामा राखि काम गर्ने योजना बनाएको बताउनुभयो ।

कार्कीले सुशासन र सुव्यवस्था कायम गरि पालिकाको हरेक कामकार्वाहीलाई जनमुखी बनाउने र प्रशासक भन्दा पनि धवलागिरीबासीको सेवक वनेर काम गर्ने प्रवितद्धता जनाउनुभएको छ । कार्यक्रममा वडा नम्वर ३ का अध्यक्षका उम्मेदवार मदन मल्लले कृषि, पर्यटन, संस्कृति, लगायतका क्षेत्रको सम्भावनलाई उजागर गरि नमुना वडा बनाउने योजनालाई कार्यान्वयन गराउनका लागि आफु नेतृत्वको टिमलाई सूर्य चिन्हमा मतदान गरि विजयी बनाउनु सम्पूर्ण फलियाँगाउ तथा वडा बासीहरुलाई आव्हान गर्नुभएको छ । विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको सभामा वडाका जनताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

You can share this post!

समृद्ध रघुगंगाका लागि सूर्यमा मतदानः के.सी.

दलितलाई सम्मान र अवसर दिने पार्टी काँग्रेस होः सह–महामन्त्री परियार

Related posts