बुद्धिजीवी परिषद् म्याग्दीको अध्यक्षमा बानियाँ चयन

म्याग्दी । डेक बहादुर बानियाँको अध्यक्षतामा नेपाल बुद्धिजीवी परिषद् म्याग्दीको अध्यक्षमा डेक बहादुर बानियाँ चयन हुनुभएको छ ।
शनिवार बेनीमा सम्पन्न परिषद्को सातौँ अधिवेशनबाट कमिटीको उपाध्यक्षमा नारायण पौडेल, सचिव हिरा बहादुर बरुवाल, कोषाध्यक्ष खगेश्वर रिजाल र उपसचिबहरु बिष्णु रोका एवम् दिपक सुबेदी रहनु भएको छ ।

कमिटीको सदस्यहरुमा ज्ञानु बानिया, मनिता रायमाझी, छबि पुर्जा, शारदा सुबेदी, मुकुन्द रेग्मी, सुमन पौडेल, योगेश शर्मा, रघुनाथ न्यौपाने, रेगुन खत्री, डा. नन्द बहादुर खत्री, गोपाल के सी, जीबनाथ पौडेल, तारानाथ सुबेदी रहेको निवर्तमान अध्यक्ष गोरखनाथ सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा नेपालमा पछिल्लो समय नकारात्मक सोच बोक्नेको संख्या बढ्दो क्रममा रहेको बताइएको थियो । नेपाल वुद्धिजिवि परिषद् म्याग्दीको सातौं जिल्ला अधिवेशनमा बोल्दै परिषद्का केन्द्रीय बरिष्ठ उपाध्यक्ष विधान आचार्यले खराब सोच र नकारात्मक प्रचारबाजी गर्नेको संख्या पछिल्लो समय बढ्दै गएको बताउनु भएको हो ।

नकारात्मक सोच र नकारात्मक प्रचारबाजीमै उद्दत हुनेहरुको समुह बढ्दा देशमा अराजकता र अस्थिरता फैलने उहाँको भनाई थियो । त्यही अस्थीरता र अराजकता फैलाउने समूहकै कारण शुक्रबार काठमाडौंमा पत्रकार सहित दुई जनाको मृत्यु हुनुका साथै कयौं घाइते र धेरै सम्पत्तीको नोक्सानी भएको हो ।

प्रतिनिधिसभाका पूर्व सदस्य भूपेन्द्रबहादुर थापाले संविधानका राम्रा पक्षका साथै गणतन्त्रको सुन्दरताको बारेमा सबैलाई बुझाउनु पर्ने धारणा राख्नु भएको थियो । उहाँले देशमा नकारात्मकताका साथै अराजक गतिविधि गर्नेहरुले आफ्नै मुलुक र राज्यसत्ताको बिरोध र बेइजत गर्न तर्फ लागेकोले यस्ता गविविधिका बिरुद्धमा सहि र सचेत बिचार आउन पर्ने उहाँको जोड थियो । उहाँले भन्नुभयो–भारत नेपालमा नियन्त्रीत अस्थिरता चाहन्छ र त्यसैको स्वरुप हिजो काठमाडौंमा भएको आन्दोलन हो ।

कार्यक्रममा पूर्व मन्त्री नरदेवी पुन, नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य प्राध्यापक डाक्टर राजेन्द्र चापागाइँ, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी लगायतले बोल्नु भएको थियो । गोरखनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नारायण पौडेलले गर्नुभएको थियो ।

You can share this post!

ढोरपाटनमा सुरु भयो सिकार याम

स्मल हेभनमा दीक्षान्त समारोहः २६ जना नानीबाबु दीक्षित

Related posts