पर्वतमा समुदायमा पहिलो पटक कोरोना संक्रमण भेटियो, सदरमुकाम शिलको तयारी

पर्वतमा समुदायमा पहीलो पटक कोरोना संक्रमण देखिएपछि एक हप्ताको लागि सदरमुकाम कुश्माबजार सिल गरिने भएको छ । शुक्रवार राती ! २ बजेदेखि लागुहुने गरी कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्वर वडामा शिल गर्ने निणर्य भएको हो । अत्यावश्यक काम बाहेक अन्य सवैजसो सेवा बन्द गर्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।. कुन कुन सेवा सुचारु हुने भन्ने सुचना प्रशासनले जारी गर्ने जनाएको छ । शुत्रबार भेटिएका एक जना क्वारेन्टीनमै रहेको तर अर्का एक जना समुदायमा अलि बढि घुलमिल भएकोले अलि संवेदनशिल मानेर शिल गर्ने निणर्य गरिएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ का ६८ वर्षिय बृद्ध र कुश्मा नगर पालिका वडा नं. ४ का २३ वर्षिय एक पुरुषमा संक्रमण देखिएको हो .। दुवै जना कन्ट्रयाक्ट ट्रेसिङमा परेको भनिएपनि उनिहरु समुदायवाट ः स्वाब संकलन गर्ने क्रममा संक्रमित भेटिएका हुन् । संक्रमितहरुलाई कुश्माको आइशोलेशन अस्पतालमा लैजाने तयारी भएको सिसीएमसी पर्वतले जनाएको छ .
दुई जना सँगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ । यस अघि सय ३ जना उपचारपछि घर फर्किसकेका छन् भने ९ जनाको अईले पनि आइशोलेशनमा रहेका छन् । पर्वतमा पहीलो पटक समुदायमा कोरोना देखा परेको हो ।

You can share this post!

हरियाली कालिज फर्ममा चितुवा, चितुवा देखेपछि भागाभाग ।

कुकुर सहित एकै घरका तीनको हत्या ः तिन सव तिन ठाँउमा

Related posts