कुकुर सहित एकै घरका तीनको हत्या ः तिन सव तिन ठाँउमा

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित एकै परिवारका तीन जनाको हत्या गरेको अवस्थामा शुक्रबार शव फेला परेको छ ।
महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमा रहेको चारतले घरमा कुकुरसहित सुदीप अधिकारीको परिवारका तीन जनाको हत्या गरेको अवस्थामा शव फेला परेको हो ।
आफ्नै घरको चौथो तलाको भान्छाबाट कौशीमा निस्कने ठाउँमा ३६ वर्षीय सुदीप, दोश्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना र तेश्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । दोश्रो तलाको भ¥याङ नजिकै कुकुरसमेत मरेको अवस्थामा भेटिएको उनले जानकारी दिए ।
शुक्रबार करिब ४ः०० बजे मृतकका भाइ सुनिल अधिकारीले दाजुको घरमा आइपुग्दा घरको दोश्रो तलामा कुकुर र सम्झनाको शव, तेस्रो तलामा सुशान्त तथा माथिल्लो तलामा सुदीपको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकका भाइ सुनिलका अनुसार घरको पहिलो तल्लादेखि माथिका सबै तलाको ढोकामा चुकुल नलगाएको अवस्था थियो ।

 मृतकको घरसँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका परिवार बाहिर ननिस्किएको जानकारी दिइन् । तीन दिन अघिसम्म मृतकका परिवारले किराना पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिँदै उनले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने लागेको बताइन् ।
मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि घटेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, अपराध अनुसन्धान महाशाखाको अनुसन्धान विज्ञ टोलीसहितले राति ८ः३० बजेपछिसम्म घटनास्थलमै रहेर अनुसन्धान गरेको छ ।
महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक थापाले घरका तीन जनाको शंकास्पद मृत्यु भएको पाइएको जानकारी दिए । कुनै धारिलो हतियार प्रयोग गरेर हत्या गरेको नपाइएको जानकारी दिँदै उनले अनुसन्धान जारी रहेकाले अहिले नै यही हो भनेर भन्न नसकिने बताए ।

( रासस )

You can share this post!

पर्वतमा समुदायमा पहिलो पटक कोरोना संक्रमण भेटियो, सदरमुकाम शिलको तयारी

कालिज फर्मामा पसेको चितुवा नियन्त्रणमा

Related posts