भकिम्लीमा गठवन्धनका उम्मेदवारको चुनावी प्रचार

म्याग्दी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवारले भकिम्लीलाई कृषि र पर्यटको क्षेत्रमा बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । बिहिबार भकिम्लीमा आयोजित सभा तथा घरदैलो कार्यक्रममा मेयरका उम्मेदवार काँग्रेसका चिरञ्जिवी शर्माले सुन्तला उत्पादनमा जिल्लामै नमुना भकिम्लीमा अनुदान, औजार तथा कोल्डस्टोर सहितका सुविधा तथा स्वर्गाआश्रम, बेलढुंगाको पर्यटन विकासमा पूर्वाधार विस्तारमा वडाका योजनालाई प्राथमिकता दिने बताउनुभयो ।

‘भकिम्लीका सम्भावनाका बारेमा धेरै जानकारी छ,‘हामी यहाँको माटो सुहाउँदो योजनालाई प्राथमिकता दिन्छौ’ मेयरका प्रत्यासी शर्माले भन्नुभयो । उहाँले भकिम्लीका किसानलाई आधुनिक उपकरण सहित सुन्तला किबी खेती सहित अन्य कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन गठबन्धको साझा प्रतिबद्धता रहेको बताउनुभयो ।

सोही अवसरमा उपमेयरका उम्मेदवार माओवादीका ज्योती लामिछाने पौडेलले सदरमुकाम बेनीबाट भकिम्ली जोड्ने सडक, शिक्षा, स्वास्थ्य सहित सम्रग भकिम्लीको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
वडा सभामा गठबन्धनका नेता तथा वडामा एकल प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष सहितका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

You can share this post!

चिप्लेटीमा घरदैलो, तातोपानीमा आमसभाः एमाले विकासको च्याम्पियन पार्टी भएको केन्द्रीय सदस्य थापाको भनाई

निर्वाचनका लागि मतदान अधिकृत सहितका कर्मचारी तोकियो

Related posts