२० दिनदेखि वेपत्ता बरंजाकी पुष्पाको शव भेटियो

म्याग्दी । विगत २० दिन अगाडी बेपत्ता भएकी म्याग्दीको मंगला गाउँपालिका–३,बरंजाकी ३० बर्षिया पुष्पा सापकोटाको शव फेला परेको छ । गएको कात्तिक २१ गते विहान बेनी नगरपालिका–८,क्याम्पसचोकबाट सम्पर्कविहिन भएकी सापकोटाको आइतबार विहान करिब ९ बजे छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका वडा नं ३ ठुलो सल्लेरी र भिरमुनी सामुदायिक बनमा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार जंगलमा बेवारिसे अवस्थामा शब देखिएपछि पुगेको प्रहरीको टोलीले मृतक सापकोटा भएको पहिचान गरेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो । ‘शब पोष्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको छ,‘घटनाको अनुसन्धान पर्वत प्रहरीबाट भइरहेको छ’ प्रनाउ कुँवरले भन्नुभयो ।

अस्पतालचोकस्थित नेशलन पाण्डे मेडिकलमा कार्यरत सापकोटा गएको कात्तिक २१ गते विहान पौने ११ बजे मेडिकलबाट निस्किएपछि परिवारको सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

मेडिकलमा काम गर्दागदैं निस्किएकी पुष्पाको मोवाइल लोकेशनको अनुसन्धान गर्दा क्याम्पसचोकको टावर रेन्जभित्र रहेको देखिएको थियो । घटना र घटनास्थल हेर्दा अहिले नै भन्न सक्ने अवस्था नरहेकाले थप अनुसन्धान आवश्यक रहेको बताइएको छ । घटनास्थल पर्वतमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट नै टोलि खटिएर अनुसन्धान गर्ने र पोष्टमार्टम गरेपछि शब परिवारको जिम्मा लगाइने छ ।

You can share this post!

उद्योग दिवसका अवसरमा म्याग्दीका उद्यमी पुरस्कृत

बेनी–गलेश्वर सडक खण्डमा कालोपत्र सुरु

Related posts