विश्वकप छनोटः नेपालले भुटानलाई ८ विकेटले हरायो

आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले भुटानलाई आठ विकेटले हराएको छ ।दुबईमा भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर तीन बलमा मात्रै दुई विकेट गुमाएर भेटायो ।

नेपालका लागि इन्दु बर्माले नटआउट १८, सीता राना मगरले १७, रुबिना क्षेत्रीले १० र काजल जोशीले आठ रन बनाए ।यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनायो । बलिङतर्फ नेपालकी सीता राना मगरले चार ओभरमा १० रन दिएर तीन विकेट लिइन् । यस्तै करुणा भण्डारीले एक विकेट लिइन् ।

पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको थियो । छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ टोली सहभागी छन् । शीर्ष स्थानमा रहने टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।छनोट अन्तर्गत नै नेपालले तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ ।नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

You can share this post!

महाधिवेशनको पूर्व संघारमा पोखरामा सडक दौड

अनेरास्ववियु र राष्ट्रिय युवा संघ म्याग्दी द्वारा बेनी अस्पतालमा सरसफाई

Related posts