भकिम्ली र सिङ्गामा एमालेको चुनावी सभा

म्याग्दी । नेकपा एमाले बेनी नगर कमिटीले आइतवार बेनी नगरपालिका वडा नम्वर ३ भकिम्ली र वडा नम्वर ४ सिंङ्गामा चुनावी सभा सम्पन्न गरेको छ । सभालाई नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, सन्तोष रावल, जिल्ला कमिटी सदस्य कुमार किसान, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी, अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेल लगायतले सम्वोधन गर्नुभएको थियो ।

सचिवालय सदस्य श्रेष्ठले जनताको मनोभावना अनुसारका योजना लिएर काम गर्ने पार्टी नेकपा एमाले भएको बताउनुभयो । देशका चिन्ता गर्ने पार्टी हाल एमाले मात्रै भएको भन्दै श्रेष्ठले यसपालिकाको स्थानीय तह निर्वाचनमा जिल्लामा बेनी नगरपालिकामा एमालेको जित सुनिस्चित भएको दावी गर्नुभयो । कार्यक्रममा एमालेबाट बेनी नगरपालिका प्रमुखका उम्मेदवार सुरत केसीले  बेनी नगरपालिक तथा सवै वडाहरुलाई समृद्ध बनाउन शिक्षा, स्वास्थ्य, खानेपानी, बिद्युत, सिप, रोजागार, भौतिक विकास, ग्रामिण सडकहरुको स्तर उन्नति लगायतका योजनाहरुलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले भकिम्लीको स्वर्गाश्रम, बेलढुङ्गा लगायतका पर्यटकीय स्थलमा थप पूर्वाधारको निर्माण गरि स्थानीयलाई प्रत्यक्ष लाभ हुने गरि पर्यटन प्रवद्र्धनका गतिविधिलाई अगाडि बढाउने बताउनुभयो ।
उपमेयरका उम्मेदवार पशुपति शाहीले महिला सशक्तिकरण र जागरणका कार्यक्रम संचालन गरि वडाका सवै महिलाहरुलाई कुनै न कुनै आर्यआर्जनमा समावेश गराउने योजना अघि सार्ने बताउनुभयो । बालेर भन्दा पनि काम गरेर देखाउने र नागरिकको सेवामा पूर्ण रुपमा समर्पित हुने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।

त्यस्तै सिंङ्गामा तरकारी पकेट क्षेत्र बनाउने र नगरपालिकामा प्राधिकरण स्थापना गरि स्थानीय उत्पादनको बजार व्यवस्थापन गर्ने, चिस्यान केन्द्र तातोपानीमा स्थापना गर्ने, तातोपानीलाई थप व्यवस्थित बनाई बिदेशी पर्यटकको आकर्षण गराउने, तातोपानी बजारको पूर्ण रुपमा संरक्षण, शहरी स्वास्थ्य केन्द्रलाई व्यवस्थीत बनाउने लगायतका योजनाहरु तयार गरिएको नगर प्रमुखका उम्मेदवार केसीले बताउनुभयो ।

निर्वाचन परिचालन कमिटीका अध्यक्ष नारायण जिसीले एमालेका उम्मेदवारहरु पालिका देखि वडा सम्म नै सक्षम व्यक्तिहरु रहेकाले सात सूर्यमा भोट गरि सवैलाई जिताउनु अनुरोध गर्नुभयो । जनताको मर्म बुझेको पार्टी नेकपा एमाले हो । देशभरि लहर छाएको छ, जिसीले भन्नुयो । साथै उहाँले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गरि मर्यादित तबरले सम्पन्न गर्न अन्य पार्टी तथा उम्मेदवारहरुलाई आग्रह गर्नुभएको छ । भकिम्लीको कार्यक्रममा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार गेम घर्ति सहित वडा सदस्यहरुको पनि उपस्थिति रहेको थियो भने सिङ्गामा वडा अध्यक्ष देवेन्द्र बहादुर बानियाँ तथा वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन नेकपा एमाले बेनी नगर कमिटी सचिव सुवास विश्वकर्माले गर्नुभएको थियो । चुनावी सभामा राष्ट्रिय जनसांस्कृतिक महासंघ म्याग्दीका कलाकारहरुले जनवादी गीत तथा नृत्यहरु प्रस्तुत गर्नुभएको थियो ।

You can share this post!

रघुगंगाको दग्नाममा एमालेको चुनाबी प्रचार सभा

 दिवाको सपना केबलकारदेखि स्मृति पार्कसम्म 

Related posts