पाँच हजार ७४७ जना नयाँ सङ्क्रमित थप, तीनको मृत्यु

काठमाडौं, माघ ३ गते । पछिल्लो २४ घण्टामा पाँच हजार ७४७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार १४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, तीन हजार ४५१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५।१ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५४७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६२३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभर हालसम्म ३० हजार ८७७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ४३ हजार ३६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

गोरखापत्र अनलाइन

You can share this post!

गण्डकी प्रदेशका ११ वटै जिल्लाका घरेलु कार्यालयमा पर्यटन शाखा रहने

४९ बर्षिया सुकलालले घरमै नागरिकता पाए

Related posts