मंगलाको अध्यक्षमा माओवादीबाट टेकबहादुर बिश्वकर्मा उम्मेदवार

वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ । अध्यक्षको उम्मेदवारमा छनौट हुनुभएका मंगला गाउँपालिका–४ बुकेनी निवासी विश्वकर्मा नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटिको सहसचिव हुनुहुन्छ । जनयुद्धमा भूमिगत हुनुभएका विश्वकर्मा म्याग्दीको दलित आन्दोलनको अगुवा नेताका रुपमा स्थापित हुनुभएको छ ।

माओवादी केन्द्रको पालिका कमिटीले अध्यक्षका लागि बिश्वकर्मा सहित चन्द्र प्रसाद बुढाथोकी र पुनम खड्काको नाम सिफरिस गरेको थियो । जिल्ला कमिटीमा सिफारिस भएका मध्य विश्वकर्मा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत चयन हुनुभएको माओवादी केन्द्र मंगला गाउँ कमिटीले जनाएको छ ।

पालिका अध्यक्षको उम्मेदवारमा चयन भएपछि बिश्वकर्माले जनताको दुख, पीडा र भावना संग नजिक भएर हरेक नागरिकको जीवनस्तर माथी उकास्ने योजनाका साथ आफु अघि सरेको बताउनुभयो ।
मंगलाको पाँच वटै वडामा वडा अध्यक्षका उम्मेदवार भने सर्वसम्मत गरिएको छ । वडा नम्बर १ मा पृथिलाल विक, २ वडामा कुलप्रसाद पुन, ३ वडामा याम बहादुर रोका, ४ वडामा मनमायाँ चोचाङ्गे, ५ वडामा अष्टमान घर्तिलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको छ ।

मनमाया माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार बन्ने एक्ली महिला नेता हुनुहुन्छ । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समिति सदस्य मनमाया हाल मंगला गाउँपालिका वडा नम्बर ४ को बाहलवाला कार्यवाहक वडा अध्यक्ष हुनुहुन्छ । मंगलाको अध्यक्षमा एमालेबाट सतप्रसाद रोका र नेपाली काँग्रेसबाट बिरेन्द्र बुढाथोकी यसअघि नै उम्मेदवार चयन भइसक्नुभएको छ ।

You can share this post!

मराङका वडा अध्यक्ष सुवेदीद्वारा सरकारी सवारी फिर्ता सहित राजिनामा

मेयरका उम्मेदवार शर्माको प्रतिवद्धतापत्र सार्वजनिक

Related posts