गण्डकी प्रदेशका सांसाद केसी र नेकपाका नेता हरिकृष्ण श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका ८ न्यूरोडमा ब्यवसाय सञ्चालन गदै आएका केसीलाई रुघा, खोकि र सामान्य ज्वरो आउन थालेपछि पिसिआर केच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । केसीले समाजिक सञ्जालमा आफुमा कोरोना पुष्टि भएको बताउँदै आफ्नो संम्पर्कमा आएका जतिलाइ सुरक्षित बस्नका लागि अनुरोध गरेका छन् ।
त्यसैगरी कन्ट्रक्याक्ट ट्रेसिङ्गमा परेर क्वारेन्टाइनमा बसेका नेकपा नेता हरीकृष्ण श्रेष्ठ सहित उनको परिवारमा ५ जनालाइ कोरोना पुष्टि भएको छ । श्रेष्ठ को श्रिमती र उनको भाइ कमल र दुई छोरीमा कोरोना पुष्टि भएको श्रेष्ठले समाजिक सञ्जालमा लेखेका छन् । उनले आफ्नो परिवारमा कोरोना पुष्टि भएको बताउँदै परिवारकोे संम्पर्कमा आएका जतिलाइ सुरक्षित बस्नका लागि अनुरोध गरेका छन् ।