बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

म्याग्दी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न म्याग्दीको सदरमुकाम बेनीमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विहिवार जिल्ला अदालतका न्यायाधिश तथा मूख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जिल्ला समन्वय समितिको सभाहलमा स्थापना गरिएको कार्यालय उद्घाटन गर्नुभएको हो ।

कार्यालय उद्घाटन गर्दै मूख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचन शान्तिपूर्ण,स्वाच्छ र पारदर्शी तरिकाले सम्पन्न गराउन राजनीतिक दल,नागरिक समाज लगायत सरोकारवालाहरु भूमिका महत्वपूर्ण हुने बताउनुभयो । निर्वाचनमा धेरै भन्दा धेरै मतदाताहरुको सहभागिता बढाउन राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो ।

यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको भरपर्दो वातावरण मिलाइने बताउनुभयो । साथै विहिवार नै जिल्लाका ६ वटा स्थानीय तहहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्थासमेत निर्वाचन अधिकृतको कार्यालयले हेर्ने छन् । साथै निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावली टाँस्ने, उम्मेदवारी दर्ता, मतदान गराउनेदेखि मतगणना गर्ने कामसमेत गर्ने निर्वाचन अधिकारी घिमिरेले बताउनुभयो ।

कायक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख एमव् प्रतिनिधि,सरकारी कार्यालयका प्रमुख तथा पत्रकारहरुको उपस्थिति रहेको थियो

You can share this post!

मंगला इन्द्रेनी पार्क निर्माणको अन्तिम चरणमा

वडा अध्यक्षको उम्मेदवार दिपक पुनलाई मातृशोक !

Related posts