एमाले वडा कमिटिद्वारा ढोलथान परिसर सरसफाई

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको ऐतिहाँसिक तथा पर्यटकीय स्थल ढोलथान दरवार क्षेत्र वरपर सरसफाई गरिएको छ ।शनिवार नेकपा एमाले बेनपा  वडा न. ९ कमिटिले ओझेलमा परेको पर्यटकीय क्षेत्रलाई प्रचार गर्ने र संरक्षण गर्ने उद्देश्य अनुसार सरसफाई कार्यक्रम गरेको हो ।

ढोलथान दरबार परिसरमा रहेका फोहोर व्यबस्थापन, ढोलथान देखि दरवार सम्मको सार्वजनिक ठाउँमा रहेका रुख कटान र झाडी सफाई गरिएको वडा कमिटि अध्यक्ष वावुराम चोखालले जानकारी दिनुभयो ।

गत हप्ता म्याग्दी जेसिजले पर्यटन प्रवद्र्धनका लागि वोर्ड राखिदिएपछि उक्त कार्यको स्वागत गर्दै त्यहाँ पुग्नका लागि सहज होस भनेर झाडी सफाई गरिएको चोखालले बताउनुभयो ।

यस क्षेत्रको प्रचारमा थप टेवा पु¥याउनका लागि वडा कमिटिले फोहोर व्यबस्थापनका लागि दुई वटा वाल्टी र नेपालको झण्डा राख्ने योजना पनि बनाएको नेकपा एमाले वडा कमिटि सचिव सविस चोखालले जानकारी दिनुभयो ।
ऐतिहाँसिक महत्व बोकेको ढोलथान दरवारमा पर्यटन प्रबर्द्धन  गर्ने उद्देश्यले वडा कार्यालय तथा अन्य संघ संस्थाको सहयोगमा पुर्वाधार निर्माण गरिएको छ ।

गत आवमा वडा कार्यालयले विनियोजन गरेको रु चार लाख वजेटबाट ढोलथान देखि दरवार पुग्ने पदमार्ग निर्माण गरिएको छ । वडा कार्यालयवाटै रु दुइ लाखमा प्रतिक्षालय र रु एक लाख पचास हजारमा रेलिङ निर्माण गरिएको छ ।

अघिल्लो आवमा वन डिभिजन कार्यालयको पाँच लाख बजेटबाट हरियाली पार्क र दुईवटा टवाईलेट पनि निर्माण भएका छन । चालु आवमा वडाले विनियोजन गरेको तिन लाख बजेटले ढोलथानदेखि करिव पच्चिस सय मिटर टाढा रहेको सौरवोट बाट पानी लिएर टयांकी निर्माण गरिएको वडा अध्यक्ष वेल बहादुर चोखालले जानकारी दिनुभयो ।

ढोलथान दरवारमा आन्तरिक पर्यटनलाई आकर्षित गराउनका लागि थप पुर्वाधार निर्माणका कार्यलाई प्राथमिकता दिईएको अध्यक्ष चोखालले बताउनुभयो ।

You can share this post!

 व्यवसायी संघ म्याग्दीको अध्यक्षमा कार्की चयन

प्रकाश माविको एक विद्यार्थी माथि शिक्षकको निर्घात कुटाई

Related posts