प्रकाश माविको एक विद्यार्थी माथि शिक्षकको निर्घात कुटाई

म्याग्दी व,फागुन १५ । म्याग्दीको बेनी नगरपालिका–७,मा रहेको एक विद्यालयका शिक्षकले विद्यार्थीलाई पाइपको लौराले निर्घात रुपमा कुटपिट गर्नु भए को छ । कक्षा कोठामा होहल्ला र पढाउने क्रममा फरक ब्यवहार गरेको भन्दै शुक्रबार प्रकाश माध्यमिक विद्यालयका लेखा विषयका शिक्षक नविन घिमिरेले कक्षा १० मा अध्ययनरत राजन पौडेल माथि निर्घात कुटपिट गर्नुभएको हो ।

शिक्षकको कुटपिटबाट बिद्यार्थी पौडेलको दुईवटा करङ भाँचिएको छ भने टाउकोमा चोट लागेको विद्यार्थीका बुवा भिमप्रसाद पौडेलले बताउनुभयो । ‘शरीरमा लौरोले जथाभावी कुटपिट गर्दा ठूलो असर गरेको छ’ छोरालाई कुटपिट गर्ने शिक्षकलाई कानून अनुसार कारवाही हुनुपर्छ, पौडेलले भन्नुभयो ।

बिद्यार्थी पौडेलले शुक्रबार विद्यालयबाट घर फर्किएपछि बान्ता गरेको र खाना खाने क्रममा मुखबाट समेत रगत आएपछि उपचारका लागि बेनी अस्पतालमा ल्याईएको थियो । उपचारको क्रममा पौडेलको टाउको र शरीरमा चोट देखिएको थियो । बिद्यार्थी पौडेललाई शनिबार नै पोखरा लगेर सिटीस्क्यान समेत गरिएको परिवारले जनाएको छ ।

सोही दिन शिक्षक घिमिरेले अन्य ५ जना विद्यार्थीलाई समेत त्यस्तै गरी कुटेको विद्यार्थी राजन पौडेलले बताउनुभयो । ‘मेरो गल्ती नै छैन्,‘मलाई पाइपको लौरोले शरिर भरिनै हान्नुभयो, हेडसरकोमा जान खोज्दा रोक्नुभयो’ विद्यार्थी पौडेलले भन्नुभयो ।
यता विद्यालयका सहायक प्रधानाध्यापक लेखबहादुर हमालले घटनाका बारेमा शनिबार बिहान अभिभावकले जानकारी गराएपछि मात्रै थाहा पाएको बताउनुभयो ।‘शुक्रबार सबै बिषय पढेर घर गएका थिए, ‘विद्यालयमा हामीलाई जानकारी नै भएन’ सहायक प्रअ हमालले भन्नुभयो । घटना शुक्रबार मध्यान्ह साढे बाह्र बजे तिर भएको हो ।

उहाँले चौथो बिषयका शिक्षक घिमिरेपछि कक्षामा गएका अन्य शिक्षकहरुले समेत विद्यार्थीलाई समान्य अवस्थामै देखेको बताएकाले घटनाको अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । आइतवार घटनामा संलग्न शिक्षक र कक्षाका अन्य बिद्यार्थीहरु संग बिद्यालयले सोधपुछ गरेको छ ।

पिडित विद्यार्थीका अभिभावक र आफन्तले कुटपिटमा संलग्न शिक्षकलाई कडा कारवाहीको माग गर्दै बिद्यालयमा निवेदन दिएका छन । परिवारले घटनाको छानविन गरि दोषि माथि कार्वाही गर्न भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको पौडेलका आफन्त सूर्य तिवारीले बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतवार नै उक्त निवेदनलाई जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । घटनामा संलग्न दुवै पक्षलाई बोलाएर छलफल गरि निचोड निकालिने प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले बताउनु भएको छ ।

यसैविच बिद्यार्थीलाई कुटपिट गर्ने शिक्षकलाई कारवाहीको माग गर्दै नेपाल बिद्यार्थी संघ म्याग्दीले बिद्यालयमा ज्ञापन पत्र बुझाएको छ । बिद्यार्थी कुट्ने शिक्षकलाई कडा कार्वाही र पीडित बिद्यार्थीलाई क्षतिपूर्ति उपलब्ध गराउन बिद्यालय समक्ष जोडदार माग गरिएको नविसंघ म्याग्दीका सभापति निर्मल खत्रीले बताउनु भएको छ । नेविसंघले शिक्षकलाई बिद्यालयले जोगाउन खोजेमा चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।

 

मालिका गाउँपालिका ५ देविस्थान पुख्यौली घर भएका सोह्र बर्षिय पौडेल हाल परिवार संगै बेनी नगरपालिका ६ माझखेतमा बस्दै आउनु भएको छ ।

 

You can share this post!

एमाले वडा कमिटिद्वारा ढोलथान परिसर सरसफाई

२० बर्षिया महिला २५ दिनदेखि बेपत्ता

Related posts