सशस्त्र प्रहरी बलको जवान पदमा म्याग्दीबाट मात्रै एक सय नौ जना युवाले भरे फारम

देभरमा एक हजार आठ सय ३३ जना जवान पदमा भर्तिका लागि खुलेको जवान पदमा म्याग्दी बाट मात्रै एक सय नौ जना युवाले फारम भरेका छन् । खुल्लामा ९ सय ८८, अमर असक्त्त प्रहरी कर्मचारी २०, महिला १६५, जनजाति २६४, मधेशी २३१, दलित १२४ र पिछडिएको क्षेत्र ४१ जनाको आरक्षण सहित एक हजार ८ सय ३३ जनाका भर्ती लिनेगरी खुलेको जवान पदमा म्याग्दी बाट मात्रै एक सय ९ जनाले भर्ती हुनका लागी फामर भरेका हुन् ।
महिलामा १६, जनजातिमा १७ र दलित ३५ गरी आरक्षण कोटामा ६८ जना सहित एक सय ९ जनाले भर्तीका लागी फारम भरेको सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म, म्याग्दीका सशस्त्र प्रहरी नायव उपरीक्षक हरी गुरुङले बताउनु भयो ।
कक्षा ८ पास देखि माथि पास गरेको १८ बर्ष पुरा भएर २२ बर्ष ननाघेका युवाहरुलाले फारम भर्न पाउने छन् । पहिलो पटक प्रकाशीत सुचना अनुसार फारम भर्ने म्याद सकिए सँगै थप एक हप्ताको लागि मंसिर १ गते सम्म फारम भर्ने म्याद थप गरीएको छ । भर्ती हुन चाहाने युवाहरुले मंसिर १ गते सम्म फारम भर्न सक्नेछन् गुरुङले भन्नु भयो । रनिङ्ग, पुसअफ, सेटअप, चिनअफ अन्तरवार्ता र स्वाथ्य परिक्षण गर्दा निश्किएका दक्ष जनशक्तिलाइ क्षमता र योग्यताका आधारमा युवाहरु भर्तीका लागि छनोट हुने सशस्त्र प्रहरी बलले बताएको छ ।

You can share this post!

म्याग्दी घर भई पर्वत बेनी बस्ने दुई महिलामा कोरोना पुष्टि

कालापानी नजिकै टेलिकमको टावर निर्माण सुरु

Related posts