म्याग्दी उघोग बाणिज्य संघ अन्तर्गतको कपडा तथा फेन्सी व्यवसायी महासंघ म्याग्दीले बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको सदरमुकाम बेनीमा स्थापना गरीएको कोभिड अस्पतालका विरामी र बेनी अस्पतालमा रहेका विरामीहरुलाइ संघ मार्फत आफुहरुले रक्तदान कार्यक्रम गरेको संघका सह–सचिव देवीप्रसाद शर्माले बताउनु भयो ।
कार्यक्रममा व्यवसायीहरु २१ जनाबाट २१ पिन्ट रगत संकलन गरीएको छ । उक्त रगत कोरोनाका विरामीहरुलाइ आवश्यक परेका बेलामा वा अन्य विरामीहरुलाइ रगत आवश्यक परेमा प्रदान गरिने रक्त सञ्चार केन्द्र म्याग्दीले जनाएको छ ।
कार्यक्रममा बोल्दै म्याग्दी उघोगबाणिज्य संघ तथा बेनी अस्पताल विकास समिति म्याग्दीका अध्यक्ष बेलबहादुर कटुवालले कोरोना महामारीको कारण आफै मारमा परेका व्यवसायीहरु मार्फत नै यसरी कार्यक्रम आयोजना हुदाँ संघको गौरव बढेको बताउनु भयो । कपडा तथा फेन्सी व्यवासायी महासंघ म्याग्दीका अध्यक्ष रवीप्रसाद शर्माको अध्यक्षता सचिव दामोदर शर्माको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत संघका उपाध्यक्ष रामप्रसाद सुवेदीले गर्नु भएको थियो ।