१० पसल अनुगम गर्दा एक गाडि म्याद नाघेका खाध्य सामाग्री फेला

सदरमुकाम बेनी बजारको कालीपुलमा रहेका १० पसल मात्रै अनुगमन गर्दा पनि एक गाडि म्याद नागेका खाध्य सामाग्री फेला परेको छ । मंगलबार घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा भएको पसलहरुको अनुगमनका क्रममा नेपाल प्रहरी म्याग्दीको गाडिको एक गाडि सामाग्रीहरु म्याद नाघेको पाईएको घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीका प्रमुख नन्दलाल पौडेलले बताउनु भयो ।


बार्षीक कार्यायोजना अनुसार अनुगमनमा गएको टोलिले कालिपुल बसपार्कका पसलहरुमा छ्याप छ्याप्ती म्याद नाघेका सामाग्री फेला पारे पछि पसलबाट सामाग्रीहरु जफत गरेर नष्ट गरेको छ । अनुगमन गर्दा पेय पदार्थ, मसला, चाउचाउ, विस्कुट,लेयर्स, कुरकुरे, आटा, चिउरा र मिठाइजन्य लगाएतका खाध्य सामाग्री म्याद नाघेको भेटिएको थियो । अनुगमनमा घरेलु तथा साना उद्योग, प्रशासन, प्रहरी, खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण कार्यालय, बेनी नगरपालिका र पत्रकारको उपस्थित रहेको थियो ।

You can share this post!

मराङ विम वाढी पहिरोमा परी ज्यान गुमाउने परीवारलाई गण्डकीप्रदेश सरकारको राहत

मिति गुज्रेको सामानलाई नयाँ प्याकेजिङ गर्ने गोदाममा छापा, तीन करोडको सामान जफत

Related posts