दानाको ढुङ्गाखानीमा पहिरो चल्यो, पहिरोले बेनी जोमसोम काेरला सडकखण्ड अबरुद्ध

म्याग्दीको अन्नपुर्ण गाउँपालिका ३ दानाको ढुङ्गा खानीमा पहिरो चल्यको छ । खानीमा पहिरो जाँदा बेनी जोमसोम काेरला सडक खण्ड समेत अबरुद्ध बनेको छ । सडक भन्दा माथि रहेको उक्त ढुङ्गाखानीबाट माटो सहितको सुख्खा पहिरो खसेपछि करिब ३० मिटर सडक अबरुद्ध बनेको बेनी जोमसोम काेरला सडक खण्डका सुपरभाईजर इन्द्रसिंह सेरचनले बताउनु भयो ।


सडक माथि ठुलो क्षेत्रफल जमिनमा पहिरो चलेको छ । स्थानीय प्रहरी र कोरोला सडक आयोजना संग समन्वय गरी सडक खुलाउन प्रयास गरीएको छ । सडक माथिबाट निरन्तर ढुङ्गा झरिरहेको कारण सडक खुलाउन समस्या भएको सुपरभाइजर सेरचनले बताउनु भयो । पहिरो खुलाउन जेसीभि तयारी अवस्थामा राखेका छौं ! पानि र पहिरो चल्न रोकीन साथ हामी सडक खुलाउन सुरु गर्छौ सेरचनले भन्नुभयो ।

You can share this post!

अनेम संघ सम्मेलन आयोजक समिति संयोजकमा थममाया थापा

चर्चमा जान्छु भन्दै घरबाट निस्कीएका जामुनाखर्कका ८३ बर्षीय जंगबहादुर बिक सम्पर्कबिहीन

Related posts