स्थानीय तह निर्वाचनको मिति तोक्न माग गर्दै अनेरास्ववियुको ज्ञापनपत्र

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु ) म्याग्दीले स्थानीय तहको निर्बाचनको मिति तोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापन पत्र बुझाएको छ ।

अनेरास्ववियु केन्द्रिय कमिटीको निर्णय अनुसार अनेरास्ववियु म्याग्दीले प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो ।

जिल्ला संयोजक दर्पन रोकाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएकाले संबिधान र लोकतन्त्रको रक्षाका लागि निर्वाचन आवश्यक रहेको औल्याइएको छ ।

संविधान विपरित प्रतिगामी सत्ता गठबन्धनको बिभिन्न बाहानाबाजिमा निर्बाचनमा हार्ने डरका कारण अप्राकृतिक गठबन्धनलाई कृतिम रूपमा लम्ब्याउने कुचेष्ठाका कारण निर्वाचनको मिति घोषणा नगरी संविधान माथि धावा बोल्ने प्रयास भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै तत्काल निर्वाचन गर्न दबाब दिन अनेरास्ववियु क्याम्पस कमिटीले म्याग्दी बहुमुखी क्याम्पस  गेटमा कालो ब्यानर राखि बिरोध कार्यक्रम गरेको छ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज सुवास बिश्वकर्मा , जिल्ला सहसंयोजक मिलन खत्री , जिल्ला सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख समीर रोका मगर , जिल्ला सचिवालय सदस्य खुम किसान, सुबिन बिक लगायतका बिद्यार्थीहरुको उपस्थिती रहेको थियो।

You can share this post!

तीन पालिकामा अस्पताल भवन निर्माण सुरु

अन्नपुर्ण गाउँपालिकाको गाउँसभा दुई करोड ६५ लाख रुपैयाँ बढी बजेट विनियोजन

Related posts