दरबाङ–धारापानी सडकको स्तरोन्नति भएपछि उद्घाटन, स्थानीयले मनाए खुसीयाली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुनाजोड्ने सडकखण्ड अन्तरगत दरवाङदेखि धारापानीसम्मको सडक स्तरोन्नति योजना सम्पन्नभएपछि उद्घाटन गरिएको छ । दरबाङदेखि धवलागिरी गाउँपालिका–७ धारापानीसम्मको करिब ७ किलोमिटर सडकलाई ग्राभेल, नाली निर्माण, ढलान र ग्रेड सुधार गरेर स्तरोन्नती गरिएको छ ।

सडकको ट्याक निर्माण भएको करिब १ दशक बढी समयपछि सडकको स्तरोन्नती भएपछि शनिवार सडकको उद्घाटन गरिएको छ भने धारापानीबासीले बाजागाजा सहितनाचगान गरेर खुसीयाली मनाएका छन् ।

सडकको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गर्नुभएको हो । उहाँले विकासको आधारभूत पूर्वाधार नै सडक भएकाले सडक स्तरीय भएसंगै धौलागिरि गाउँपालिकाका अधिकाँश नागरिकले सहज र सुरक्षित यात्रा गर्न सुविधा पाउने विश्वास व्यक्तगर्नुभयो ।

उहाँले विकासमा पछि परेको म्याग्दीमा यस बर्ष विकास आयोजनाहरु भित्रने क्रम बढेको बताउँदै सडक, खानेपानी, विद्युत लगायतका पूर्वाधारलाई समयमै सम्पन्न गराउनतर्फ सबैले ध्यानदिनुपर्ने बताउनुभयो ।

उहाँले बादीकाको उकालो भिरमा सडकलाई ढलान गरेपछि जोखिमपूर्ण यात्रागर्नुपर्ने बाध्यता हटेको बताउँदै धारापानीदेखि ताकमहुँदै सिवाङ जोड्ने सडक समेत स्तरोन्नतीको लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट बजेट विनियोजन भएर पूर्वाधार विकास कार्यालय, म्याग्दीबाट ठेक्का आह्वान भैसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीले गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नतीहुँदा समग्र गाउँपालिकाको विकासमा नयाँ आयाम थपिएको बताउँदै थप कार्यान्वयन हुने योजनालाई समेत निर्धारित समयमै कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सडक निर्माण अभियानका अगुवा खुमनाथ सुवेदी, रिमप्रकाश थापा, यमन रोका लगायतले स्थानीयको चन्दा संकलनबाट ट्याक निर्माण भएको अप्ठेरो भिर, पहाडको सडकलाई स्तरोन्नती भएपछि सहजभएको बताउँदै सडकको ट्याकनिर्माण गर्दाका अप्ठेरो, अल्झन र संघर्षका बारेमा जानकारी गराउनुभएको थियो ।

बेनी–दरबाङ–धारापानी–मुनालुलाङ गुर्जा ढोरपाटन सडक योजना अन्तर्गत दरबाङ– धारापानी खण्डको सडक स्तरोन्नतिका लागि ठेक्कामार्फत कार्यान्वयन थालिएको योजना सम्पन्नभएको भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर अर्जुन शर्माले बताउनुभयो ।

कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि प्रधुम्न कुँवरले कोरोनाका कारण समयमा काम सम्पन्नगर्न समस्याभएपनि पुनःथपिएको म्यादभित्र सडक स्तरोन्नतिको काम सम्पन्न गरेकोे बताउनुभयो । उहाँले आयोजनालाई सफल बनाउन समुदाय र सरोकारवालाहरुको सकरात्मक भूमिकाले समेत कामगर्न हौँसला र प्रोत्साहन थपिएको बताउनुभयो ।

कार्यक्रममा धवलागिरि गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले सडक स्तरीय भएपछि सवारी आवतजावतमा सहजताहुने बताउँदै सडकको सुरक्षामा सबै सजग बन्नुपर्नेमा जोड दिनुभयो । वडाअध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा रुपक सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

You can share this post!

एमाले म्याग्दीको पहिलो पूर्ण वैठकः ‘म बनाउँछु मेरो पार्टी’ योजना अघि सारिने

कुहुँमा साल्ट ट्रेडिङको सचेतनामुलक कार्यक्रम

Related posts