एथलेटिक्सका राष्ट्रिय खेलाडी अधिकारीलाई वेष्ट पोइन्टद्वारा सम्मान

म्याग्दी । म्याग्दीको बेनी स्थित न्यु वेष्ट पोइन्ट माविले एथलेटिक्स रेफ्री सिदान्त अधिकारीलाई सम्मान गरेको छ । म्याग्दीको बेनीमा संचालन भएको तेश्रो नगर स्तरीय राष्ट्रपति रनिंग शिल्ड संचालनको लागी मुख्य रेफ्रीको रुपमा बेनी आउनु भएका पुर्व विद्यार्र्थी अधिकारीलाई विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।

न्यु वेष्ट पोइन्ट आवासीय माविका आठौँ एसएलसी ब्याच (२०६४) का विद्यार्थी अधिकारीलाइ वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा.लि. का अध्यक्ष यज्जनलाल शाक्य र खेलकुद शिक्षक दिपेन राइले संयुक्त रुपमा दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

सम्मानित हुँदै अधिकारीले आफुले प्राप्त गरेको सफलताको सुरुवातको विन्दु वेष्ट पोइन्ट भएको बताउनुभयो । वेष्ट पोइन्टकै आँगनबाट खेल्न सिकेको भन्दै अधिकारीले आफुलाई खेल सिकाउने गुरु दिपेन राई प्रति उच्च सम्मान व्यक्त गर्नुभएको थियो ।

विद्यालयको प्रार्थना सभामा सम्बोधन गर्दा विगतका दिन तथा पलहरु सम्झेर अधिकारी भावुक समेत बन्नुभएको थियो । उहाँले वेष्ट पोइन्टले पढाइ र खेल क्षेत्रमा जिल्लामा आफ्नो विशिष्टता कायम गरेकोमा आफुलाई गौरब लागेको समेत बताउनुभयो । पोखरा महानगरपालिका बुढि बजार निवासी अधिकारी आफ्ना बुवा सरकारी कर्मचारी भएका कारण म्याग्दी बसेर वेष्ट पोइन्ट स्कुलमा अध्ययन गर्नुभएको थियो ।

अहिले अधिकारी गण्डकी प्रदेश खेलकुद परिषद्का एथलेटिक्स परामर्शदाता हुनुहुन्छ भने उहाँ छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका ८०० मिटर, १५०० मिटर र ४×४०० मिटर रिलेका स्वर्ण पदकबिजेता, भारतमा सम्पन्न अन्तर प्रादेशिक एथलेटिक्स प्रतियोगितामा १५०० मिटर दौडमा स्वर्ण पदक, सन् २०१६ मा भारतमा सम्पन्न फेडेरेशनकपमा १५०० मिटरमा आफैले बनाएको रेकर्ड रेकर्ड तोड्दै स्वर्ण पदक प्राप्त गर्नु भएको छ ।

त्यसैगरी उहाँले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४०० र १०० मिटर दौडमा रजतपदक, पाचौं खेलकुद प्रतियोगितामा ८०० मिटरमा रजतपदक समेत प्राप्त गर्नुभएको छ । पढाइमा समेत अब्बल अधिकारीले वेष्ट पोइन्टको तर्फबाट थुप्रै खेल खेल्दै जिल्ला स्तरीय राष्ट्रपति कप, अन्तर विद्यालय खेलकुद प्रतियोगिताहरुमा बिजय हासिलगर्दै सधै उत्कृष्ट खेलाडीको रुपमा अवार्ड जित्नु भएको छ ।

सम्मान कार्यक्रम पश्चात उहाँले तेश्रो नगर स्तरीय राष्ट्रपति कप प्रतियोगितामा वेष्ट पोइन्टका सभागी खेलाडी र अन्य विद्यार्थीहरुलाई खेल कौशल र क्षमता अभिबृद्दीका बारेमा प्रशिक्षण दिनुभएको विद्यालयका भाइस प्रिन्सिपल कृष्ण जिसीले बताउनुभएको छ ।

You can share this post!

म्याग्दीकाली संचार सहकारीको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न

बेनीमा सहकारी सम्वन्धी अन्तरक्रिया

Related posts