काठमाडौं एमाले नेता भीम रावलले एमसीसी राष्ट्रघाती छैन भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति आपत्ती जनाएका छन्। नेता रावलले प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले एमसीसीबाट आउने रकमलाई सित्तैमा आएकोु भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्त भएको बताएका छन्।
नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनको उद्घाटनसत्रमा प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको स्पष्ट पारेका थिए। उनले भ्रम हटाउन एकचोटी एमसीसी पढ्न सबैलाई आग्रह गरेका थिए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका रावलले मूल सम्झौतासँग आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तर्गत आउने रकमलाई सित्तैमा आएकोु भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति भएको दावी गरेका छन्।
उनले ट्वीटमा भनेका छन्, मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तरगत आउन रकमलाई सित्तैमा आएकोु भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति१ यस्तो कुरा नेपाल सार्वभौम स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्न सक्दैन।