भुरुङतातोपानी बजारमा सिसि क्यामेरा जोडियो

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानी बजारमा सिसि टिभी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रमा चोरी, झैझगडा जस्ता गतिबिधी बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्नका लागि सिसि टिभी जडान गरिएको हो । बजारमा सडक बत्ती समेत जडान भएको छ ।

तातोपानी बजारका मुख्य मुख्य चोकहरुमा २५ वटा सिसि क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको तातोपानी टोल सुधार समितिका सचिव अमृतमान शेरचनले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली कांग्रेस म्याग्दीका सभापती खम्बीर गर्बुजाको पहलमा भौतिक पूर्वधार, शहरी विकास मन्त्रालय गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटमा उक्त क्यामेरा जडान गरिएको हो । बजारमा जोडिएका सिसि क्यामेराको कन्ट्रोल ईकाइ प्रहरी कार्यालयमा राखिएको छ ।

बजार क्षेत्रभित्र गलत गतिविधि गर्ने जो कोहीको रेकर्ड सिसि क्यामेराबाट हेर्न सकिने ईकाइ प्रहरी कार्यालय भुरुङतातोपानीले जनाएको छ । सिसि टिभिले बजार क्षेत्र र तातोपानी कुण्डमा हुने कुनै पनि नकरात्मक कार्यको निगरानी राख्न सजिलो हुने बताईएको छ ।

बजारमा सिसि क्यामेरा जडान भएपछि सुरक्षित महसुस गरिएको थानीयबासीको भनाइ छ । उक्त क्यामेराको ब्याकअप भएकाले २४ सैं घण्टा सञ्चालन हुने र त्यसको रेकर्ड एक महिना सम्म रहने ईकाई प्रहरी कार्यालयले जनाएको छ ।

You can share this post!

पल शाहलाई बाल यौन दुरुपयोगमा अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति पीडितलाई दिनुपर्ने

प्रहरीद्वारा प्रकाश माविका विद्याथीहरुलाई प्रशिक्षण

Related posts