मोनाको चौथो महाधिवेशनको तयारी पुरा

म्याग्दी। कात्तिक २ र ३ गते बेनीमा हुने म्याग्दी प्रवासी नेपाल संघ मोना अन्तराष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको तयारी पुरा भएको छ। मोनाले सोमबार बेनीस्थित रहेको मुख्य कार्यालयमा पत्रकार सम्मेलन गरी आज देखि सुरु हुने सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको हो ।

कोभिड विरुद्ध जनस्वास्थ्य मापदण्डहरुलाई पालना गर्दै विभिन्न २० देशमा रहेका राष्ट्रिय समितिबाट २६१ जनाको भौतिक तथा भर्चुल सहभागिता हुने महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिनुभयो । महाधिवेशनबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व समेत चयन हुनेछ । उद्घाटनको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको र्‍याली समेत आयोजना गरिएको छ । मंगलबार जिसस सभाहलमा हुने महाधिवेशनको उद्घाटन प्रतिनिधि सभाका सदस्य भुपेन्द्र थापाबाट हुने आयोजकले जनाएका छन् । सम्मेलनमा चर्चित कलाकार कुमार पुन, नेशन पुन, प्रकाश दुतराज लगायतका स्थानीय कलाकारको प्रस्तुती हुने छ ।

चौथो महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तिन जना, महिला उपाध्यक्ष १ जना, महासचिव १, सचिव २, प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, महिला उप संयोजक, क्षेत्रीय संयोजक र उपसंयोजक ५,५ जना छनोट गर्ने छन् ।

कोरोना महामारीको जोखिमका कारण कतिपय देशमा रहेका मोनाका शाखा मार्फत प्रतिनिधिहरु आउन सम्भव नभएपछि भौतिक र अनलाइन मार्फत सहभागीता जनाउन पाउने गरि प्रवन्ध मिलाईएको अध्यक्ष ओमनारायण जुग्जालीले बताउनुभयो । मोना आईसीसीको जिल्लाको आर्थिक, सामाजिक र मानविय सेवामा महत्वपूणर् योगदान रहदै आएको छ।

You can share this post!

आज विजयादशमी, टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

आज देशभर वर्षाको सम्भावना

Related posts