अनेरास्ववियुको भानु मावि रत्नेचौरमा संगठन बिस्तार

म्याग्दी । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटि म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । शुक्रबार बेनी नगरपालिका १ रत्नेचौरको भानु माविमा संगठन बिस्तार गरको छ ।

बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि महेश किसानको अध्यक्षतामा ३० सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा माया थापा मगर, सचिवमा बिशाल थापा मगर, सहसचिवमा बर्षा थापा र कोषाध्यक्षमा बिन्ध्या बिश्वकर्मा रहनुभएको छ ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य एवँ म्याग्दी जिल्ला इन्चार्ज सुवास बिश्वकर्माले अवको बिद्यार्थीहरु प्रविधि संग नजिक हुनुपर्ने बताउनुभयो । सामाजिक चेतना बोकेका बिद्यार्थीहरुले अव समाजका हरेक बिभेद, बिकृति र बिसङगतिका बिरुद्ध आवाज उठाउन जरुरी रहेको र त्यसको नेतृत्व गर्न नै अनेरास्ववियुले म अखिल अभियान अगाडि सारेर देशब्यापी रुपमा संगठन बिस्तार गर्न लागेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका जिल्ला संयोजक दर्पण रोका र सहसंयोजक मिलन खत्रीले कितावी ज्ञान संगसंगै अतिरिक्त क्रियाकलापहरुमा पनि बिद्यार्थीहरुले चासो राख्न आबश्यक रहेको बताउनुभयो । राजनिती देशको मूल निती भएकाले बिद्यार्थीहरुले पनि राजनितीक सेचतनाको बिकास गर्नुपर्ने उहाँहरुको भनाई थियो ।

कार्यक्रम म्याग्दी  अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवँ जिल्ला इन्चार्ज  सुबास बिश्वकर्मा को प्रमुख आतिथ्यता जिल्ला संयोजक रोकाको अध्यक्षता जिल्ला सदस्य करिस्मा वर्देवाको स्वागत र सचिवालय सदस्य एवं प्रचार बिभाग प्रमुख समिर रोकाको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

कृषि उत्पादन बृद्धिका लागि हरियाली मोडेल– आयोगका पुर्ब उपाध्यक्ष डा. श्रेष्ठ

पारिवारीक निजी वन संघ रघुगंगा गाउँपालिका अध्यक्षमा भण्डारी

Related posts