मन्त्री पुनको विशेष पहलमा बेनी अस्पतालमा आँखा उपचार सेवा सुरू

म्याग्दी जिल्लाकाे सदरमुकाम बेनीमा रहेको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालले आँखाको उपचार सेवा सुरू गरेको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको विशेष पहलमा पुनको मन्त्रालयको सहयोगमा आँखा उपचार शाखाको स्थापना गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनु भयो । पुनकाे  मन्त्रालय मार्फत उपचार केन्द्रलाइ  आबस्यक पर्ने बजेट, प्राविधिक जनशक्ति को ब्यबस्थापन  गरीएकाे अस्पताल विकास समितीले जनाएकाे छ ।  स्वाथ्य विमा गरेकाहरुको हकमा नाम दर्ता, एक हजार सम्मको चस्मा समेत स्वाथ्य विमा मार्फत उपलब्ध हुने गरी सेवा सञ्चालन गरीएको अध्यक्ष कटुवालले बताउनु भयो ।


अस्पतालमा आँखा उपचारका लागि आउनेहरुको आँखाको सामान्य र जटिल समस्याको उपचार गर्ने गरी सेवा सुरु गरीएको उहाँले  बताउनु भयो । अत्याधुनिक उपकरणहरु समेत थप्दै स्तरवृद्धि गरेर जान्छौं दशैपछि सेवा सुविधा थप गरि आँखाको जटिल समस्याको उपचारका साथै पोखरा, काठमाण्डौका विशेषज्ञ डाक्टरहरुसँग समन्वय गरेर अस्पतालमा नै अप्रेशन समेत गरी अझै प्रभावकारी ढंगले सेवा सुविधा सञ्चालन मा ल्याउने तयारी भएको अस्पताल विकास समितीले जनाकारी दिएकाे छ । एक महिना सम्म निशुल्क उपचार गरिने र सर्वसाधारणहरु अब आँखाको समस्याले पोखरा काठमाडौं जान नपर्ने भएकाे छ । जिल्ला भित्रनै ब्यवस्थित तवरले आखाँको उपचार सेवा सञ्चालन भए पछि सर्वसाधरणहरुमा समेत सहज भएको छ ।


यस भन्दा अगाडि नेत्र ज्योति संघद्धारा हिमालयन आँखा अस्पताल पोखराको सहयोगमा अस्पातलमा आँखाको उपचार हुँदै आएको थियो । तर अस्पतालमा बिरामीको चाप बढ्दै जान थालेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्री पुनकोे विशेष सहयोगमा आँखा उपचार शाखाको स्थापना गरेको हो । फोकल लेन्ससहितको चस्मा, धातुको फ्रेम भएको लेन्स र प्लास्टिक फ्रेम भएको लेन्ससहितको चस्मा लगायत आवश्यक औषधी समेत अस्पताल भित्रैबाट वितरण गर्ने हुने अस्पताल विकास समितीले जानकारी दिएकाे छ ।

You can share this post!

‘मेरो ठुटे कलमलाई मदन पुरस्कारले अकल्पनीय स्थान दियो’

म्याग्देली कलाकारहरुको दशैँ तिहार ‘मयाँले’ बजारमा

Related posts