बाँसखर्कमा नेकपा एमाले वडा कमिटीको कार्यालय स्थापना

पर्वतको जलजला गाउँपालिका १ बासखर्कमा नेकपा एमाले वडा कमिटीको कार्यालय स्थापना भएको छ । कार्यालयको बुधबार नेकपा एमाले जलजला गाउँपालिका कमिटिका अध्यक्ष लाल बहादुर अधिकारीले उद्घाटन गर्नुभएको हो ।

आसन्न स्थानीय तहको चुनाबलाई लक्षित गरि नेता तथा कार्यकर्ताहरुको भेटघाट, छलफल एवं चुनावी प्रचारको कार्य सम्पादन गर्नका लागि सहजता प्रदान गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको नेकपा एमाले वडा कमिटी अध्यक्ष तिलाराम पाईजाले बताउनुभयो ।

कार्यालयको उद्घाटन गर्दै पालिका कमिटी अध्यक्ष अधिकारीले आसन्न स्थानीय तहको निर्बाचनमा जलजला गाउँपालिकामा एमालेको जित सुनिस्चित भएको दाबि गर्नुभयो ।

केपी ओली सरकारले गरेको बिकास र समृद्धिका कार्यहरु जनमैत्री भएकाले पनि एमालेको लोकप्रीयता गाउँगाउँमा बढिरहेको अधिकारीको भनाई थियो । उहाँले बासखर्कमा हिजोदेखिनै एमालेको पकट रहेकाले यो चुनावमा पनि सवै जनताले सूर्यमानै भोट गर्ने विश्वास गर्नभयो ।

कार्यक्रममा नेकपा एमाले जलजला गाउँपालिका सचिव महेन्द्र रेग्मी र उपसचिव बिकास गिरीले चुनाव लक्षित कार्यक्रम अन्तरगत टोल भेटघाट र प्रचार प्रसारलाई तिब्रता दिन वडा कमिटिलाई अनुरोध गर्नुभयो ।

कार्यक्रम वडा कमिटी सचिव रुपेश पाईजाको संचालन र उपसचिव गोविन्द खत्रीको स्वागत मा सम्पन्न भएको थियो ।

You can share this post!

रघुगंगामा दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाई

स्थापना दिवसमा रक्तदान कार्यक्रम

Related posts