मोना फ्रान्सको अध्यक्षमा देबेन्द्र केसी

म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ मोना फ्रान्सको अध्यक्षमा देबेन्द्र केसी चयन हुनुभएको छ । आइतवार पेरिसमा सम्पन्न भएको अधिवेशनबाट मंगला गाउँपालिका वडा नम्वर १ कुहुँ घर भई हाल लामो समयदेखि फ्रान्समा बस्दै आउनुभएका केसी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद भट्टचन, विक्रम भण्डारी, रेक पुन, महासचिवमा प्रताप मल्ल, कोषाध्यक्षमा ओम गौचन र सहसचिवमा महेन्द्र बोहोरा चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा दिनेश कार्की, विकास शेरचन, प्रेम बहादुर थापा मगर, शिखर पुन, देवान खड्का र रमेश बोहोरा रहनु भएको छ ।
फ्रान्समा रहेका म्याग्देलीहरुको साझा संस्था मोनाको युवा तथा खेलकुद विभागको संयोजकमा प्रेम बहादुर थापा मगर र सहसंयोजकमा शिखर पुनलाई चयन गरिएको छ ।

निर्वाचन समितिमा मोना फ्रान्सका संस्थापक अध्यक्ष हेम बानियाँ र एकता समाज फ्रान्सका संस्थापक अध्यक्ष तप्त भण्डारी रहनुभएको थियो ।
मोना फ्रान्सले जिल्लाका विपन्न परिवारको उपचार तथा अन्य प्राकृतिक विपद तथा प्रकोपको समयमा आर्थिक सहयोग गर्दै आएको छ ।

नवनिर्वाचित अध्यक्ष केसीले फ्रान्समा रहेका सवै म्याग्देलीहरुलाई संस्थामा आवद्ध गराई विभिन्न गतिविधिहरु संचालन गर्ने योजना बनाएको बताउनुभयो ।

फ्रान्समा रहेका म्याग्देलीलाई परेको जुनसुकै समस्यामा पनि संस्थाले सहयोग गर्ने प्रतिवद्धता जनाउदै केसीले आफ्नो कार्यकाललाई सफल बनाउनका लागि सम्पूर्ण म्याग्देलीहरुको साथ तथा सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।

You can share this post!

पर्यटकीय स्थल चिनाकोट पुग्ने पदमार्ग निर्माण

मौलिकता रुचाउने रवि र दिलुको ‘हाँस्ने बोल्ने गरेपो माया बढ्छ’

Related posts