गण्डकी प्रदेशलाई धार्मिक पर्यटनको सर्किट बनाउने योजना : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्ने योजना अघि सार्नुभएको छ । कालिगण्डकी सभ्यताको संरक्षण गर्दै मुक्तिनाथ देखि त्रिवेणीधाम सम्म धार्मिक कोरिडोर बनाउने परिकल्पना प्रदेश सरकारको भएको उहाँले बताउनुभयो ।

बेनी नगरपालिका १ रत्नेचौरमा सोमबारदेखि सुरु भएको रत्नेचौर धार्मिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आफ्नो नेतृत्वको प्रदेश सरकार बनेपछि कालिगण्डकी सभ्यता सँग प्रदेशको सम्बन्ध र समृद्धिको खोज अनुशन्धानमा जुटेको उहाँको भनाई थियो । सरकारी स्तरबाट गठन भएको टोलीले कालिगण्डकीको सभ्यता र प्रदेशको समृद्धिका वारेमा प्रतिवेदन तयार पार्न लागेको उहाँको भनाई थियो ।

गण्डकी प्रदेशको समृद्धि भनेको धार्मिक पर्यटन हो उहाँले भन्नुभयो ‘धार्मिक क्षेत्रहरुमा पर्यटकहरु भित्रायाउन धार्मिक सर्किट’को अवधारणा अघि सारेका छौं ।’ मुक्तिनाथ देखि विन्धबासनी,लुम्बिनी र जनकपुरलाई जोडेर धार्मिक सर्किट बनाउने गरी प्रदेशले योजना अघि सारेको उहाँको भनाई थियो । साथै प्रदेशभित्र रहेका साना साना धार्मिक पर्यटकीय स्थलहरुलाई सर्किटमा समावेश गरिने उहाँले बताउनुभयो ।

कोरलादेखि त्रिवेणीधामसम्म जोड्ने कालीगण्की करिडोरलाईलाई धार्मिक मार्गको रुपमा विकास गर्न सकिने मुख्यमन्त्री नेपालीको भनाई छ ।
‘‘म्याग्दी हुँदै बग्ने कालीगण्डकी सभ्यताको प्रतिक हो, यो आस्था, संस्कृति र धरोहर पनि हो, यसले शालीग्राम पाईने एकमात्रै नदीको रुपमा विश्वसामु नेपाललाई चिनाएको छ, कालीगण्डकी नदीको संरक्षण र विकासका लागि कार्यदल नै गठन गरेर प्रतिवेदन तयारीको क्रममा छ’’–मुख्यमन्त्री नेपालीले भन्नुभयो ।

गण्डकी प्रदेशका हरेक जिल्लामा धार्मिक पर्यटनको समेत अथाह सम्भावना रहेको बताउँदै धार्मिक पर्यटन विकासले समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले धार्मिक यज्ञहरुको माध्यम मार्फत धर्म, संस्कृति र परम्पराको संरक्षण संगै धार्मिक पर्यटन पूर्वाधार निर्माणमा समेत रचनात्मक सहयोग पुग्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेश धर्म, जात, भाषा, संस्कृति,भुगोल र रहनसहनमा विविधताले भरिपूर्ण रहेको चर्चा समेत गर्नुभएको थियो । एकसय वर्ष पुग्नुभएका जीयर स्वामीजी महाराजले कार्यक्रमा धार्मिक प्रवचन दिनुभएको थियो ।

धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौर स्थित पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा आजदेखि सुरु भएको धार्मिक महोत्सव फागुन ३० गतेसम्म सञ्चालन हुनेछ ।
लक्ष्मीहरि भगवानको २५ औं रजत जयन्ती तथा मन्दिरका संस्थापकचार्य जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा धार्मिक महोत्सवका रुपमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको मन्दिरका अध्यक्ष एवम् मुल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले जानकारी दिनुभयो ।

महोत्सवको उदघाटन सत्रमा जिल्लाका राजनीतिक दल,जनप्रतिनिधि लगायतले महोत्सवले रत्नेचौरको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताएका थिए । कार्यक्रमा पर्वत,बागलुङ,कास्की लगायतका जिल्लाबाट राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुको पनि सहभागिता थियो ।

You can share this post!

रत्नेचौरमा धार्मिक महोत्सव सुरु

शिक्षा र आर्थिक समृद्धिमा अघि वढौँः पूर्व मन्त्री पुन

Related posts