स्थापना दिवसमा युवा संघ रघुगंगाका अध्यक्ष गुरुङले गरे स्वाथ्य सामाग्री सहयोग

नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष रमेश गुरुङले युवा संघको ३१ औं स्थापना दिवसको अवसरमा दश हजार बराबरको स्वाथ्य सामाग्री सहयोग गर्नु भएको छ । रघुगंगा गाउँपालिकाले निमार्ण गरेको कोभिड अस्पतालमा काम गर्ने स्वाथ्यकर्मी र गाउँपालिका भित्र रहेका कोरोनाका विरामीहरुको लागि १ दर्जन फेस सिल्ड, एक सय एम.एलका दुई दर्जन सेनिटाइजर, दुई दर्जन ग्लोबस्, एक सय पचास पिस माक्स र विरामीहरुको तापक्रम नाप्नका लागि एक दर्जन डिजीटल थर्ममीटर गरेर दश हजार बाराबरको स्वाथ्य सामाग्री वितरण गर्नु भएको हो ।


रघुगंगा गाउँपालिका ३ पिप्लेका वडा सदस्य पवन मल्ल, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा निर्वतमान जिल्ला अध्यक्ष प्रवीण साही र नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाका अध्यक्ष तारानाथ शर्माको उपस्थीतिमा कोभिड अस्पतालमा कार्यरत स्वाथ्यकर्मी उसा शाही लाई उक्त स्वाथ्यसामाग्री हस्तान्तरण गरीएको रघुगंगा गाउँपलिका ३ पिप्ले युवासंघ वडाकमीटीका सदस्य चुनबहादुर साहीले बताउनु भयो । गाँउपालिका भित्र कोरोनाका संक्रमण बढीरहेको कारण भढीरहेको संक्रमणदर लाई न्यूनिकरण गर्नका लागि स्थापना दिवसको अवसरमा स्वाथ्य सामाग्री हस्तान्तरण गरीएको गुरुङले बताउनु भयो । पालिका भित्र कोरोनाका विरामी लाइ वा अन्य कोहीलाई अप्ठ्यारो परेमा राष्ट्रिय युवा संघ नेपाल वा आफुलाइ जानाकारी गर्न समेत उहाँले आग्रह गर्नु भयो ।

You can share this post!

‘एक लिटर भए पनि अक्सिजन ल्याउ, मान्छे कोल्याप्स हुन लाग्यो’ टेकुका डाक्टरको याचना,

बेनी नगरपालीकाको ८ वटा वडामा स्वाथ्य सामाग्री सहयोग

Related posts