म्याग्दीको धौवलागिरी गाँउपालिका लुलाङ्ग २ खोरीयाका दिपक सिंकीजा पुनले जन्मदीनको अवसर पारेर सदरमुकाम बेनी बजारमा रहेको बालगृहका अनाथ बालबालिका लाई सहयोग गर्नु भएको छ । २३ औं जन्मदीनको अवसर पारेर सिंकीजा पुनले ३० कप सम्म पकाउन मिल्लने राईस कुकर र ५ लिटरको प्रेसर कुकर सहयोग गर्नु भएको हो ।
पछिल्लो समय जन्मदीनको दिनमा केक काट्ने भोज भतेर गरेर जन्मदीन मनाउने र फजुल खर्च गर्ने प्रचलन बढीरहेका बेला फजुल खर्च कटाएर आफुले बालवालिका लाई खाना पकाउनको लागि सहिलो होस् भनेर राईकुकर र प्रेसर कुकर सहयोग गरेको उहाँले बताउनु भयो । नौ हजार पचाश रुपैयाँ को उक्त सामाग्री उहाँले नेपाल वाल संगठन म्याग्दी शाखाका अध्यक्ष राजेश शाक्य लाई हस्तान्तरण गर्नु भएको थियो । नेपाल बाल संगठनद्धरा सञ्चालित उक्त वालगृहमा हाल १३ जना अनाथ वालवालिका रहेका छन् । जन्मदीको अवसरमा वालवालीका लाई खाना पकाउन सहयोग होस् भनेर राइसकुकर र प्रेसर कुकर सहयोग गरेकोमा संगठनका अध्यक्ष शाक्यले सिंकीजा पुनलाई धन्यावाद ज्ञापन गर्दै भोलिका दिनमा पनि साथ सहयोग को अपेक्षा रहेको बताउनु भयो । सिंकीजाले धौवलागीरी गाउँपालिका २ लुलाङ्गको खोरीयामा रहेको खोरीया आधारभूत विद्यालयमा विगत दुई बर्ष देखि अध्यापन गराउँदै आउनु भएको छ ।