राष्ट्रिय युवा संघ बागलुङ र अनेरास्ववियू बागलुङले जैमिनी नगरपालिकाका र काठेखाेला गाउँपालिका २ भिम पाेखराका बाढी पहिरोबाट ज्यान गुमाउने पीडित परिवारमा राहत हस्तान्तरण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । गत भदौ २८ र २९ गते बिहान जैमिनी नगरपालिका वडा न ५ बिनामारे र जैमिनी १ कुस्मिशेरा टुनिबोटामा पहिरो गइ बिनामारे निवासी जालपा देबि पाध्या, टुनिबोट निवासी लक्ष्मी देबि पाध्या र हरिकृष्ण पौडेलगरि ३ जनाको पहिरोमा परि मृत्यु भएको थियो । त्यसैगरी काठेखाेला गाउँपािलका २ भिमपाेखरामा असाेज ७ गते पहिराेगइ ज्यान गुमाउने टेकबहादुर खतीकाे परिवारहरुलाइ रु ५००० का दरले सहयोग रकम हस्तान्तरण गरिएको छ । कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य झमन पाण्डे, अनेरास्ववियू केन्द्रिय सदस्य जीवन शर्मा, राष्ट्रिय युवा संघ बागलुङ संयोजक रेशम घर्ती मगर , अनेरास्ववियू बागलुङका नेता सेखर खड्का, युवा संघका सह संयोजक रमेश घर्ती , विद्यार्थी नेता शिव शर्मा, सहयोग संकलन अभियानका संयोजक आकृति भण्डारी, युवा संघ बागलुङ नगर संयोजक दिपेन्द्र रेग्मी विद्यार्थी नेतृ अमृता जिसि लगायतका स्थानीय युवाहरूको उपस्थिति रहेको राहत कमिटिका सह–संयाेजक राेशन कुँवरले बताउनु भयाे ।
त्यस्तै गत भदौ १७ गते पश्चिम बाग्लुङमा गएको भुजिखोला पहिरोमा एकमुष्ठ युवा बिद्यार्थीको तर्फबाट २ लाख ३५ हजार पार्टीमार्फत सहयोग गरिएको हो ।