यस बर्ष म्याग्दी र मुस्ताङ्गका कृषकलाई कृषि ज्ञान केन्द्र बाट मात्रै ९ करोड भन्दा बढी अनुदान वितरण गरिने

चालु अर्थिक बर्षमा म्याग्दी र मुस्ताङ्गका कृषकहरु लाई कृषि ज्ञान केन्द्र म्याग्दीबाट ९ कारोड भन्दा बढी अनुदान वितरण गरिने भएको छ । संघ सरकारबाट प्राप्त शसर्त अनुदान ४ करोड २५ लाख ८२ हजार र प्रदेश सरकारबाट प्राप्त शर्सत अनुदान ६ करोड ९१ लाख ९६ हजार गरी कुल ११ करोड १७ लाख ७८ हजार रुपैयाँ मध्य ९ करोड १७ लाख ७८ हजार रुपैयाँ कृर्षकलाई वितरण गरिने कार्यालयले जनाएको छ ।
प्रदेश सरकार बाट प्राप्त ६ करोड मध्य २ करोड रुपौयाँ चालु बर्ष भरी कार्यालयको चालु तथा पुँजीगत खर्चमा खर्च हुने कार्यालयले जनाएको छ ।


संघ सरकार अन्तर्गत विनीयोजन भएको ४ करोड २५ लाख ८२ हजार रकम मध्य प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ३ करोड २० लाख ८६ हजार प्राङ्गारिक खेती कार्यक्रम अन्तर्गत ९८ लाख ६ हजार र रैथाने तथा स्थानिय बाली विकास कार्यक्रम अन्तर्गत ६ लाख ३६ हजार रकम विनियोजन गरीएको ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताउनु भयो ।


कार्यलयले विभिन्न किसिमका कृर्षि फार्म, कृषक, कृर्षि समुह, कृर्षि सहकारी, साना कृर्षि ब्यवसायि फार्म विस्तार कार्यक्रम, साना सिचाई कार्यक्रम, कृर्षि उपज संकलन केन्द्र तथा बिक्री वितरण केन्द्र निमार्ण, कृषि यान्त्रीकरण, बाझो जग्गामा खेती गरेबापत प्रति रोपनी ३ हजार, प्रतिफलमा आधारीत कृषि उत्पादनमा एक रोपनिमा तरकारी उत्पादन गरेबापत ३ हजार जसका लागी न्यूनतम ३ रोपनिमा तरकारी खेति गरेको हुनु पर्ने, ब्लक विकास कार्यक्रम, प्राङ्गारिक र विभिन्न रैथानि बाली विकास कार्यक्रम लागाएतको विभिन्न शिर्षकमा कार्यालयले अनुदान वितरण गर्ने भएको छ ।
नेपाल कृर्षि प्रधान देश हो । सरकारले कृषिमा देशलाई आत्म निर्भर गराउने उद्देश्य राखेकाले गत बर्षको तुलनामा यस बर्ष सरकारले कृर्षी क्षेत्रमा लगानी बढाएको ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत पाण्डेले बताउनु भयो ।

You can share this post!

जन्मे लाहुरेको जिल्ला, हुर्के पनि, कहिल्यै बिदेश जानुपर्छ भन्ने सोचाइ आएन जेसीजको राष्ट्रिय अध्यक्ष भएपछि मात्र उनले पासपोर्ट बनाए

युवा संघ र अनेरास्ववियू बाग्लुङ्गद्धारा पहिरोबाट ज्यान गुमाउने पीडित परिवारलाई राहत हस्तान्तरण

Related posts