पोखरा, असोज १३ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “२४ औं केन्द्रिय वार्षिक साधारण सभा, बिधान अधिबेशन पोखरामा भब्य रुपमा सम्पन्न भएको छ । शुक्रबारदेखि पोखराकोे सभा गृहमा सुरु भएको कार्यक्रम शनिवार साँझ सकिएको हो ।
गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको साधारणसभामामा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्वर बिरही गुरुङ, पुर्व अध्यक्षहरु प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, निवर्तमान अध्यक्ष रमेश बिजी, सम्मानार्थ सदस्य बरिष्ठ गायिका हरिदेबी कोईराला, गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य बिखर्ची लगायतका उपस्थिति रहेको थियो ।
उद्घाटन शत्रमा लोक बहादुर क्षत्री प्रतिभा पुरस्कार सम्मानबाट रेशम गुरुङ, संस्थागत सम्मानबाट बरिष्ठ गायिका प्रतिष्ठान केन्द्रकी संस्थापक कोषाध्यक्ष शान्ता न्यौपाने, लोक पत्रकार सम्मानबाट कमल सरगम, स्टुडियो गीत रेकर्डिङ विधाबाट केन्द्रिय सदस्यहरु गायक गायक कुशल बेलबासे र गायीका सम्झना भण्डारीलाई नगद सहित प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो भने केन्द्रका निवर्तमान अध्यक्ष रमेश बिजीलाई पुर्व अध्यक्षको सम्मान प्रदान गरिएको थियो ।
पुर्व मेचिदेखि पश्चिम महाकाली सम्मका लोक साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको कार्यक्रमको उद्घाटन सत्र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रिता थापाको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष पशुपती शर्माको स्वागत र महासचिव शिव हमालको संचालनमा सम्पन्न भएको थियो । शनिवार आयोजिते बन्द सत्रमा केन्द्रिय महासचिव हमालले सांगठनिक र कोषाध्यक्ष अमृत अधिकारीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदनलाई छलफल सहित सर्वसम्मत रुपमा पारित गरिएको थियो । त्यस्तै अध्यक्ष थापाले पेस गर्नुभएको सामाजिक सहायता कोषको कार्यविधिलाई पारित गरिएको छ ।
विधान संसोधनमा संस्थापक केन्द्रिय सदस्य तथा विधान मस्यौदा समितिका संयोजक हरी न्यौपानेले विधानको संसोधन प्रस्ताव पेस गर्नुभएको थियो । लामो छलफल र वहस पछि उक्त विधान संसोधन प्रस्तावलाई पनि सभाले पारित गरेको थियो । साधारणसभाको अवसरमा केन्द्रिय कार्य समितिले विभिन्न प्रदेश तथा जिल्ला समितिलाई फरक फरक विधामा पुरस्कृत समेत गरेको महासचिव शिव हमालले जानकारी दिनुभयो ।
कार्यक्रममा ठमेल समिति अनुशासित समिति, ओखलढुंगा शाखा अनुशासित शाखा, बागमती प्रदेश अनुशासित प्रदेश, रुकुम पश्चिम शाखा उर्जाशिल शाखा, गण्डकी प्रदेश उर्जाशिल प्रदेश, कञ्चनपुर शाखा शिर्जनशिल जिल्ला, कर्णाली प्रदेश सिर्जनशिल प्रदेश, सुदुरपश्चिम प्रदेश संस्थागत प्रोत्साहन, कतार शाखा उत्कृष्ट बिदेश शाखा, पर्वत शाखा उत्कृष्ट शाखा, लुम्बिनी प्रदेश समिति उत्कृष्ट प्रदेश, कास्की शाखा उत्कृष्ट जिल्ला उपत्यका समन्वय समिति उत्कृष्ट प्रदेश समन्वय समिति, केन्द्रिय सदस्य (उषा सुबेदी) बर्ष केन्द्रिय सदस्य महिलातर्फ उषा सुवेदी र बर्ष केन्द्रिय सदस्य पुरुषतर्फ कृष्ण गौतमलाई सम्मान गरिएको थियो ।
साथै कार्यक्रम ब्यवस्थापन कास्की जिल्ला शाखाले गरेको थियो भने गण्डकी प्रदेशले सह –आयोजकको भुमिका निभाएको भन्दै सम्मान गरिएको थियो । साधारणसभा तथा विधान अधिवेशनको समापन समारोहमा संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, पुर्व अध्यक्षहरु संस्थापक पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष थापाले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु तथा संस्थाका पूर्व अध्यक्ष, पदाधिकारी, वर्तमान कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, प्रदेश तथा जिल्ला कार्य समितिबाट सहभागी प्रतिनिधि तथा कार्यक्रमको व्यवस्थापन गर्ने प्रतिष्ठान गण्डकी प्रदेश समिति र कास्की जिल्ला समितिलाई धन्यवाद एवम् आभार प्रकट गर्नुभएको थियो ।