बेनी नगरपालिका– ९ स्थित गलेश्वरमा रहेको धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा माधवप्रसाद रेग्मी सर्वसम्मत निर्वाचित हुनुभएको छ। गलेश्वरमा शनिबार भएको ७ औं अधिवेशन तथा १६ औं कार्यकारी सभाबाट रेग्मीको नेतृत्वमा रहेको कार्यसमितिकोे उपाध्यक्षमा बमबहादुर पुन, सचिवमा बलबहादुर खत्री र कोषाध्यक्षमा कुमारी रोका पदाधिकारीमा रहनुभएको छ ।
कोषको सदस्यहरुमा आशिका पुर्जा, रविन्द्र कार्की, पुर्णबहादुर बानियाँ, मनोज पौडेल, पुण्य चोखाल, सुरेन्द्रराज शर्मा, टिकानन्द सुवेदी, धनप्रसाद रोका, र हिराबहादुर बरुवाल चयन हुनुभएको कोषले जनाएको छ ।