म्याग्दी क्याम्पसमा कम्युटर विषयका विद्यार्थीलाई दुई दिने कार्यशाला

म्याग्दी । साविक धवलागिरीमा नै संस्थागत गुणस्तरको मान्यता प्राप्त म्याग्दी बहुमुखी क्याम्पसमा कम्प्युटर विषय अध्ययनरत विद्यार्थीहरुका लागि कार्यशाला सम्पन्न भएको छ ।

शिक्षा विभागको आयोजनामा विआइसिटिई दोस्रो सेमेस्तरका विद्यार्थीहरुका लागि कार्तिक १६ र १७ गते दुईदिन सम्म तालिम तथा प्रशिक्षण संचालन गरिएको हो ।

उक्त कार्यक्रमवाट विद्यार्थीहरुमा कम्प्युटर सम्वन्धी थप सिप आर्जन भएको र सूचना तथा प्रविधि सम्बन्धी समसामयिक विषयमा थप जानकारी प्राप्त भएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो ।  उक्त कार्यक्रममा विआईसिटिई दोस्रो सेमेष्टरका विधार्थीहरु सहित करीव २० जनाको सहभागिता रहेको थियो ।

कार्यशालमा सफ्टवेयर इन्जिनियर माधव गौतमले सहजीकरण गर्नुभएको थियो । दुईदिन सम्म संचालन भएको कार्यशालाको क्याम्पस संचालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले उद्घाटन गर्नुभएको थियो ।

उहाँले उच्च शिक्षाका लागि जिल्लाको अग्रणी शैक्षिक संस्था म्याग्दी बहुमुखी क्याम्पसले सूचना र प्रविधि विषय अध्यापन गराउन थालेको बताउदै यसबाट जिल्लाका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन हुने विश्वास गर्नुभयो । क्याम्पस प्रमुख गोरख बहादुर जिसीको अध्यक्षता र विभागीय प्रमुख प्रेम बहादुर जिसीको संचालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

त्यस्तै क्याम्पसमा स्नातक तहमा शैक्षिक वर्ष २०७९=२०८० का लागि विआईसिटिई कार्यक्रमको सूचना प्रविधि विषय अध्ययन गर्न चाहाने विद्यार्थीहरुले यहि कार्तिक ३० गतेसम्म प्रवेश परीक्षाका लागि फारम भर्न सकिने पनि सुवेदीले बताउनुभयो । कक्षा १२ मा जुनसुकै विषय अध्ययन गरि उत्तिर्ण विद्यार्थीहरुले सो सेमेष्टर प्रणालीमा आधारित कार्यक्रममा अध्ययन गर्न पाउने छन् ।

 

You can share this post!

गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा तनाव

भकिम्ली र बरंजामा चुनावी सभाः विकासको एजेण्डा बोकेको एमालेलाई भोट दिन नेताहरुको अनुरोध

Related posts