संविधान दिवसका अवसरमा म्याग्दीबाट लम्साल सहित चार जना विभूषित

म्याग्दी, ३ असोज । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल प्रवल जनसेवाश्री पदकबाट विभूषित हुनुहुने भएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयबाट जारी बक्तव्य अनसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट लम्साल सहित म्याग्दीका अन्य ३ जना बिभूषित हुने भएका हुन । स्वास्थ्य कार्यालय प्रमुख लम्सालले म्याग्दीमा रहेर खोप अभियान र कोरोना महामारीको समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

त्यसैगरि जनसेवाश्री पदकबाट विभूषित हुने म्याग्दीका अन्य तिन जनामा सामाजिक अभियन्ता मंगला गाउँपालिका–४ निवासी सपना रोका मगर, बाल समाजसेवी मंगला गाउँपालिका–१ पूर्णगाउँ घर भई हाल पोखरा बस्दै आउनुभएकी प्रियन्सा रेग्मी र अपाङ्ग भएका धवलागिरि गाउँपालिका–७ निवासी टेवल टेनिस खेलाडी केशव थापा रहनुभएको छ । यो पदक ११६ जनालाई प्रदान गरिने भएको छ ।

दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बिभिन्न मानपदवी तथा अलंकारबाट ९ सय ३ जनालाई सम्मान गर्ने घोषणा गर्नुभएको हो ।

You can share this post!

ब्यवसायी जिबन बिश्वकर्माद्वारा पत्रकार आपतकालिन कोषलाई सहयोग

मालिकाको तीन वटा वडामा माओवादी केन्द्र र वाइसीएल पुर्नगठन

Related posts