मंगलामा ३०४ जनालाई लगाईयो दादुरा रुबेला खोप

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा विहिबार सम्म ३ सय ४ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाईएको छ । बुधबारदेखि सुरु भएको खोप अभियानमा दुई दिनमा सो संख्यामा बालबालिकाहरुलाई खोप लगाईएको हो ।

मंगलामा कुहुँ स्वास्थ्य चौकी, बाबियाचौर स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य ईकाई खात्रुङखोला, बरंजा स्वास्थ्य चौकी, बुकेनी सामुदायिक स्वास्थ्य इकाई र अर्मन स्वास्थ्य चौकी अन्तर्गतका २७ वटा खोपकेन्द्रबाट खोप सेवा प्रदान गरिएको छ ।

अभियान भरि कुल ९ सय २६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाईने मंगला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लेखनाथ रोका मगरले जानकारी दिनुभयो । आगामी सोमवार सम्म संचालनहुने अभियानमा सतप्रतिशत बालबालिकालाई खोप सेवा उपलब्ध गराउने लक्ष राखिएको रोकाले बताउनुभयो ।

पालिका भित्रका ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेला खोप लगाउनका लागि स्वास्थ्यका कर्मचारी तथा स्थानीय स्वयमसेवकहरुलाई खटाईएको मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद पौडेलले बताउनुभयो ।

फागुन २१ गते सम्म संचालन हुने अभियानमा अभिभावकहरुलाई आफ्ना बालबच्चालाई नजिकको खोपकेन्द्रमा लगि अनिवार्य रुपमा खोल लगाउन समेत प्रमुख प्रशासकीय अधिकृत पौडेलले अनुरोध गर्नुभएको छ ।

You can share this post!

भलिबल अक्षयकोषलाई मोना युकेद्वारा साढे ४३ लाख बढी सहयोग

एमाले धवलागिरि गाउँपालिकाको दोस्रो अधिवेशन, अध्यक्षमा प्रगति कार्की

Related posts