मंगला शिक्षा क्याम्पसमा अनुसन्धान तथा लेखन सम्बन्धि कार्यशाला

म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौर लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको आयोजनामा अनुसन्धान लेखन र प्रकाशन सम्बन्धी २ दिने कार्यशाला आयोजना गरिएको छ । तालिमको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जिल्लाको सदरमुकाम बाहिर रहेको क्याम्पसमा विद्यार्थीको आर्कषण बढाउन वौद्धिक नेतृत्व र अनुन्धानमुलका कार्यहरूको आवश्यकता पर्ने बताउनुभयो।

सोही अवसरमा पृथ्वीनारायण क्याम्पसका अंग्रेजी विभागका प्रमुख प्रा.डा. मिन पुनले भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर भएमा विद्यार्थीको चाप ठेग्न नसकिने बताउनुभयो । क्याम्पसले आन्तरिक तथा वाह्य अनुसन्धानात्मक कार्य अन्तरगत क्याम्पसमा अनुसन्धान केन्द्रस्थापनाका लागि आवश्यक भौतिक व्यवस्थापन, अनुसन्धान सम्वन्धी विभिन्न गोष्ठी तथा कार्यक्रम आयोजनालाई प्राथमिकता दिनुपर्ने प्रा. पुनको भनाई थियो ।

शनिबारसम्म सञ्चालन हुने तालिमको सहजीकरण गर्न पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापहरू प्रा.डा. लेखनाथ भट्टराई, सह–प्राध्यापक डा. नगेन्द्रभण्डारी र स्कुल अफ डेभलपमेन्ट एण्ड सोसियल इन्जिनियरिङ पोखरा विश्वविद्यालयका उप प्राध्यापक डा. अनन्तराज ढुङ्गानाले गर्नुभएको छ।

तालिममा मंगला शिक्षा क्याम्पसबाट १२ जना, मंगला माविबाट ४ जना, महेन्द्ररत्न माविबाट २ जना, शिशुकल्याण मावि अर्मनबाट १ जना र शिद्धशान्ति माविबाट १ जना गरी २१ जनाको सहभागिता रहेको छ। भौतिक पूर्वाधार विस्तारमा तिब्र गतिले अगाडी बढेको क्याम्पसले विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तीका लागी आवश्यक तयारीमा समेत जुटेको छ । हाल विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त १ करोडबाट ८ कोठे भवन निर्माणधिन अवस्थामा रहेको छ।

विश्व विद्यालय अनुदान आयोगले तोकेका मापदण्ड पूरा गर्न क्याम्पसको पूर्वाधार सहितका अन्य आवश्यकता जुटाउन खटिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो । तालिमको उद्घाटन कार्यक्रमको अध्यक्षता सञ्चालक समिति अध्यक्ष थापा, स्वागत क्याम्पस प्रमुख पितमबहादुर खत्री र सञ्चालन सञ्चालन क्याम्पस शिक्षण सहायक रामचन्द्र पौडेलले गर्नुभएको थियो ।

 

 

You can share this post!

म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

१९ औँ जेसिज कपको फाइनलमा बुद्ध एकेडेमी र न्यु वेष्ट प्वाइन्ट

Related posts